एमालेको कोशी प्रदेश अधिवेशन : यस्तो बन्यो खतिवडाको टिम

Untitled design_20231003_064733_0000

दमक/
नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित हुनु भएको छ । अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई ८२ मतको अन्तरले पराजित गर्दै खतिवडा निर्वाचित हुनु भएको हो ।

निर्वाचन कमिटीका अनुसार खतिवडाले ५१२ मत प्राप्त गर्नु भएको छ भने ढकालले ४३० मत ल्याउनुभएको छ । खतिवडा मोरङको लेटाङ निवासी पूर्व सांसद हुनुहुन्छ । ढकाल विराटनगर निवासी नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ ।

२०६६ सालमा एमालेको मोरङ जिल्ला अध्यक्षमा खतिवडा र ढकालले प्रतिस्पर्धा गर्दा ढकाल विजयी हुनु भएको थियो । त्यस बेला ढकाल केपी ओली समूहबाट र खतिवडा माधव नेपाल समूहबाट उम्मेदवार बन्नुभएको थियो । जिल्ला अध्यक्षमा भिडेको १४ वर्षपछि प्रदेश अध्यक्षमा आमनेसामने भएका दुई नेताबीचको प्रतिस्पर्धामा खतिवडाले बाजी मार्नु भएको छ । यस पटक एमाले अध्यक्ष ओलीको खतिवडालाई साथ रहेको थियो ।

यस्तै प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा उहाँको एकल उम्मेदवारी थियो । उहाँ यस अघि पनि प्रदेशको उपाध्यक्ष रहनु भएको थियो । दुई वटा प्यानल बनाएर खतिवडा र ढकाल मैदानमा उत्रिएका थिए । चेम्जोङलाई दुवै प्यानलले उपाध्यक्षमा राखेका थिए ।

यस्तै पाँचथरका राजकुमार भण्डारी सचिवमा निर्वाचित हुनु भएको छ । उहाँले ५२४ मत ल्याएर विजयी बन्दा उहाँका प्रतिद्वन्दी उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गर्नु भयो । लामा यस अघि प्रदेशको उपसचिव रहनु भएको थियो ।

यस्तै उपसचिवमा झापाकी जलवर्षा राजवंशी ६२८ मत र खोटाङका देवान राई ६१० मत ल्याएर निर्वाचित हुनु भएको छ । उपसचिवका अर्का उम्मेदवार मोरङका खेम नेपालीले ३९८ मत ल्याउनु भएको छ । दुई उपसचिवका लागि तीन जना प्रतिस्पर्धामा रहनु भएको थियो । सचिव र उपसचिव खतिवडा प्लानलबाटै विजयी हुनु भएको छ । सदस्यहरुमा भने मिक्षित नतिजा आएको छ ।

यस्तै मजदुर तर्फबाट सदस्यमा भीमज्वाला राई, अम्बिर लिङ्देन र किशोर धमला विजयी हुनु भएको छ । यस्तै खुल्ला सदस्यमा तेह्रथुमबाट लक्ष्मण तिवारी, आदिवासि महिलामा मौसम राई, मजदुर महिलामा निर्मला परियार, सदस्य हलमा कबिता राई विजयी हुनु भएको छ ।

अधिवेशनका लागि प्रदेशभरबाट ९९७ जना प्रतिनिधि छनोट भएर आउनु भएको थियो । तीनमध्ये ९७७ जना मतदानमा सहभागी भएको र २० जनाले मतदान नगरेको निर्वाचन कमिटीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन