लाखौ लगानीमा बनाइएको खाद्य परिक्षण गर्ने ल्याव श्रोत साधन हुँदा हुँदैपनि प्रयोग बिहिन (भिडियोमा हेरौ)

दमक/
अर्गानिक नगर बनाउने परिकल्पना गरेर झापा दमकका पूर्व मेयर रोमनाथ ओलीले नगरपालिका भित्रै खाद्य परिक्षण गर्ने ल्याव खोल्नु भएको थियो ।
सो ल्याव स्थपाना गरेरको केहि महिनामा उहाँको कार्यकाल सकियो । त्यसलाई उहाँले आफ्नो सोच अनुसार प्रयोगमा ल्याउन पाउनु भएन ।
त्यसपछि चुनाव भयो । नगरमा नयाँ नेतृत्व आयो । नयाँ नेतृत्वले यसलाई कम प्राथमिकतामा दिएका कारण उती प्रयोगमा आउन सकेन ।
अहिले पनि यो ल्यावमा बजारमा पाइने दुधको स्थिती के छ भन्ने कुरा परिक्षण गर्न सक्छ । खाद्य पदार्थमा खान नमिल्ने कस्ता कस्ता सामाग्री कति मात्रामा मिसाइएको छ भन्ने कुराको चोक जाँच गर्न सकिन्छ । यसकालागि आवश्यक पर्ने सबै उपकरणहरु यहाँ छन् ।

यती मात्रै नभएर तेलको अवस्था तथा पानीको स्थितीका बारेमा पनि यहाँ परिक्षण गरेर त्यसको अवस्था थाह पाउन सकिन्छ ।
यो ल्याव सञ्चालन गर्न भनेर नगरपालिकाले एक जना कर्मचारी नियूक्ति पनि गरेको छ । खाद्य अधिकृतको रुपमा नियूक्ति रहनु भएकी न्यौपाने बजार अनुगमन देखी लिएर उपभोक्ता हितका बारेमा कार्यक्रम बनाउने सम्मको जिम्मेवारी लिएर काम गरिरहनु भएको छ । यो ल्याव चलाउने जिम्म पनि उहाँकै हो ।

खासमा यो ल्यावमा के के छ ? यो किन चल्न नसकेको हो भनेर हामीले ल्यावमै यी खाद्य अधिकृतसँग कुराकानी गरेका छौ ।

खाद्य अधिकृतका कुरा सुने पछि यो काम नगरको नेतृत्व तहमा कम महत्वमा परेको हो ? भन्ने बारेमा बुझ्न हामीले नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईलाई भेट्यौ । उहाँ अनुगमन समितीको संयोजक समेत रहेकोले यो ल्यावमा ल्याएर बजारमा संकास्पद खाद्य सामाग्री परिक्षण गर्दा उहाँलाई सहज हुने कुरा हो । तर सञ्चालनमा किन वेवास्था भनेर हामीले केहि प्रश्न गरेका छौ ।

झण्डै तीस लाख रुपैँया लगानी गरेर तयार भएको ल्यावका उपकणहरु अहिले कपडाले ढोकर छोपीएका छन् । यहाँ आवश्यक पर्ने केमिकलकहरुको बट्टा र कार्टन खुलेकै छैनन् । डेढ वर्ष देखी यो ल्याव प्रयोग बिहिन भएको छ ।

यी यो प्रयोगमा आउने हो भने बजारमा भेटिने हरेक खाद्य पदार्थको स्थिती थाह पाइ आम नागरिकमा स्वास्थ्व खाना खाने बानीको विकास हुने थियो । नागरिक मिसावट सहितको खाना खानबाट जोगिने थीए ।

(भिडियोमा हेरौ)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,