लाखौ लगानीमा बनाइएको खाद्य परिक्षण गर्ने ल्याव श्रोत साधन हुँदा हुँदैपनि प्रयोग बिहिन (भिडियोमा हेरौ)

दमक/
अर्गानिक नगर बनाउने परिकल्पना गरेर झापा दमकका पूर्व मेयर रोमनाथ ओलीले नगरपालिका भित्रै खाद्य परिक्षण गर्ने ल्याव खोल्नु भएको थियो ।
सो ल्याव स्थपाना गरेरको केहि महिनामा उहाँको कार्यकाल सकियो । त्यसलाई उहाँले आफ्नो सोच अनुसार प्रयोगमा ल्याउन पाउनु भएन ।
त्यसपछि चुनाव भयो । नगरमा नयाँ नेतृत्व आयो । नयाँ नेतृत्वले यसलाई कम प्राथमिकतामा दिएका कारण उती प्रयोगमा आउन सकेन ।
अहिले पनि यो ल्यावमा बजारमा पाइने दुधको स्थिती के छ भन्ने कुरा परिक्षण गर्न सक्छ । खाद्य पदार्थमा खान नमिल्ने कस्ता कस्ता सामाग्री कति मात्रामा मिसाइएको छ भन्ने कुराको चोक जाँच गर्न सकिन्छ । यसकालागि आवश्यक पर्ने सबै उपकरणहरु यहाँ छन् ।

यती मात्रै नभएर तेलको अवस्था तथा पानीको स्थितीका बारेमा पनि यहाँ परिक्षण गरेर त्यसको अवस्था थाह पाउन सकिन्छ ।
यो ल्याव सञ्चालन गर्न भनेर नगरपालिकाले एक जना कर्मचारी नियूक्ति पनि गरेको छ । खाद्य अधिकृतको रुपमा नियूक्ति रहनु भएकी न्यौपाने बजार अनुगमन देखी लिएर उपभोक्ता हितका बारेमा कार्यक्रम बनाउने सम्मको जिम्मेवारी लिएर काम गरिरहनु भएको छ । यो ल्याव चलाउने जिम्म पनि उहाँकै हो ।

खासमा यो ल्यावमा के के छ ? यो किन चल्न नसकेको हो भनेर हामीले ल्यावमै यी खाद्य अधिकृतसँग कुराकानी गरेका छौ ।

खाद्य अधिकृतका कुरा सुने पछि यो काम नगरको नेतृत्व तहमा कम महत्वमा परेको हो ? भन्ने बारेमा बुझ्न हामीले नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईलाई भेट्यौ । उहाँ अनुगमन समितीको संयोजक समेत रहेकोले यो ल्यावमा ल्याएर बजारमा संकास्पद खाद्य सामाग्री परिक्षण गर्दा उहाँलाई सहज हुने कुरा हो । तर सञ्चालनमा किन वेवास्था भनेर हामीले केहि प्रश्न गरेका छौ ।

झण्डै तीस लाख रुपैँया लगानी गरेर तयार भएको ल्यावका उपकणहरु अहिले कपडाले ढोकर छोपीएका छन् । यहाँ आवश्यक पर्ने केमिकलकहरुको बट्टा र कार्टन खुलेकै छैनन् । डेढ वर्ष देखी यो ल्याव प्रयोग बिहिन भएको छ ।

यी यो प्रयोगमा आउने हो भने बजारमा भेटिने हरेक खाद्य पदार्थको स्थिती थाह पाइ आम नागरिकमा स्वास्थ्व खाना खाने बानीको विकास हुने थियो । नागरिक मिसावट सहितको खाना खानबाट जोगिने थीए ।

(भिडियोमा हेरौ)

Share:

Facebook
Twitter
Email
WhatsApp