पोखरी संरक्षणमा तदारुकता

च्याङ्ग्रे पोखरी संरक्षण हुँदै

भोजपुर/
पौवादुङमा गाउँपालिकाको आकर्षण च्याङ्ग्रे पोखरीको संरक्षण थालिएको छ।
गाउँपालिकाको केन्द्रमा रहेको यो पोखरी स्थानीय सरकार र पर्यटन विकास मन्त्रालयको २ करोड १२ लाख रूपैयाँ लागत संरक्षण थालिएको हो।
बहुवर्षीय योजनामा समायोजन गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर यसको विकास तथा विस्तार भइरहेको गाउँपालिकाले जनाएको छ।
पोखरीको क्षेत्रफलको विस्तार गर्दै पोखरी परिसरमा पञ्चकन्या मन्दिर निर्माण गर्ने, बोट सञ्चालनमा ल्याउने, ढलको व्यवस्था गर्ने, बगैंचा निर्माण गर्ने, पानीको उचित व्यवस्थापन तथा सरसफाइसँगै घेरबार गर्नेलगायत काम गरिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष किरण राईले भने, ‘अहिले हामीले च्याङ्ग्रे पोखरीको संरक्षण तथा विकासमा लागेका छौँ। यसलाई पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्ने हाम्रो लक्ष्य छ। हामीले निर्माण गर्ने योजनामा राखेका पर्यटकीय, धार्मिक, ऐतिहासिक क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा काम अगाडि बढाएका छौँ।’
उनले गाउँपालिकाको रकमले पनि कतिपय काम शुरु भइसकेको बताए। ’गाउँपालिकाको सबै क्षेत्रको विकासको लागि गुरुयोजना बनाएर काम गरिने भएपनि रकम अभावले मुख्य मुख्य क्षेत्र छनोट गरेर छुट्टाछुट्टै डिपिआर तयार गरेर काम अगाडि बढाएका छौँ।’
पोखरीको संरक्षण तथा विस्तार तीव्र गतिमा भइरहेको अध्यक्ष राईले जानकारी दिए। ‘यो हाम्रो मुख्य आकर्षणको केन्द्र हो। यसलाई जिल्लाको नमूना पोखरी बनाउने लक्ष्य छ। परियोजना प्रतिवेदनमा भएअनुसार यहाँ विभिन्न खालका संरचनाहरु निर्माण हुनेछन्,’ अध्यक्ष राईले भने, ‘गाउँपालिकाको पर्यटकीयसँगै अन्य क्षेत्रको विकासमा योजनाबद्धरूपमा लागेका छौँ।’

९ रोपनीमा निर्माणाधीन पोखरीको पर्खाल बनाउने, फाउन्डेसन खन्नेलगायत काम तीव्र गतिमा भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश राईले बताए।
आन्तरिक तथा वाह्य पर्यटकको आर्कषणका लागि ऐतिहासिक महत्व कायम राख्दै आधुनिकता झल्कने गरि पोखरीको निर्माण हुने उनको भनाइ छ।
पोखरीको छेउमै रहेको पञ्चकन्या पोखरीको पनि निर्माण हुने जानकारी उनले दिए।
गाउँपालिकाले यसअघि पर्यटकिय क्षेत्र अरुण डाँडा, च्याङग्रे ‘भ्यू’ टावर, अन्तरराष्ट्रिय मापदण्ड अनुसारको मिरा राई रंगाशाला, सन्तानेश्वर महादेवलगायत क्षेत्रको डिपिआर तयार गरेर प्रदेश सरकारसँगको सहकार्यमा कतिपय ठाउँमा कामसमेत अगाडि बढाइसकेको छ।
परापूर्वकालमा यहाँ च्याङ्ग्रा आएर पोखरीको पानी खाने र यहीँ दिनभर आराम गर्ने भएकाले ‘च्याङ्ग्रे पोखरी’ नामकरण गरिएको स्थानीयको कथन छ।
पोखरी बनेदेखि नै पोखरीको पानी जस्तोसुकै खडेरीमा नसुक्ने स्थानीय बासिन्दा सुनाउँछन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा