दमक/
‘गठबन्धन सरकार हत्यारालाई राजनैतिक संरक्षण बन्द गर’, ‘चोरलाई चावी, साधुलाई शुली’ लगायत नारा निकालेर आज दमकमा बिरोध भएको छ ।
आज साँझ केहि यूवाहरुको समुहले राष्ट्रपतिले आम माफि दिएको विषयमा गठबन्धन सरकारले गरेको निणर्य गलत रहेको भन्दै उनीहरुले प्रदर्शन गरेका थीए ।
राष्ट्रिय स्वतन्त्र पार्टि झापा क्षेत्र नं ५ र दमक नगर कमिटीले आयोजना गरेका कार्यक्रममा सहभागीहरुले सरकार हत्यारा र गुण्डाको संरक्षणमा लागेको भन्दै बिरोध गरेका हुन ।
रास्वपा दमक उप सभापति प्रतिमा दाहालले बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै भन्नु भयो ‘सबैकालागि न्यायको पल्ला बराबर हुनुपर्ने हो तर आज पद, पावर र पैसापट्टिचाहि पल्ला भारी भएको छ । ’
आफ्ना श्रीमान चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिएको विरोधमा रिले अनसनमा रहनु भएकी भारती मानन्धरको अवस्था गम्भिर हुँदा समेत सरकार बहिरो भएको भन्दै दमकमा भेला भएको यो जमातले विरोध गरेको हो ।