निम्सको पोल्टामा उपाधी

Untitled design

दमक/
कोशी प्रदेशस्तरीय अन्तर हस्पिटल फुटसल प्रतियोगिताको उपाधी दमककै निम्स नेशनल अस्पतालले जितेको छ ।

दमकमा प्रदेशमै पहिलो पटक सञ्चालन गरिएको प्रतियोगितामा झापाकै बिर्तामोडमा रहेको बिर्ता सिटि अस्पताललाई पराजीत गर्दै निम्सले उपाधि जितेको हो ।

गत असोज १३ सुरु गरिएको प्रतियोगितामा आज भएको सेमि फाईनल खेलमा दमककै लाईफलाईन अस्पताललाई पराजित गर्दै निम्स फाईनल पुगेको थियो भने ईलामको चुलाचुली आधारभुत अस्पताललाई पराजित गर्दै बिर्ता सिटि फाईनल पुगेको थियो ।

दमकको विस्ट फुटसल मैदानमा सन्चालीत प्रतियोगिताको बिजेता टिम निम्शले नगद ३० हजार रुपैयाँ सहित मेडल र ट्रफि प्राप्त गरेको छ भने उपबिजेतामा चित्त बुझाउनु परेको बिर्तासिटिले नगद २० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणत्र प्राप्त गरेको छ ।

त्यस्तै उत्कृष्ट खेलाडीको उपाधि विर्तासिटीका पिताम्बर निरौला, सर्वाधिक गोलकर्ताको उपाधि निम्सका निरज बोहोरा र उत्कृष्ट गोलरक्षकको उपाधि विर्तासिटीका असिम भट्टराईले जित्नु भएको छ ।

बिजेता तथा उप बिजेता टिमलाई दमक नगर खेलकुद बिकाश समितिका अध्यक्ष भिमराज केसीले पुरस्कार वितरण गर्नु भएको थियो ।

दमकको सीटिसि फिजियोथेरापी, बिकाश एडभरटाईजिङ र रोपाना वेल्नेस सेन्टरको संयुक्त आयोजनामा फुटसल प्रतियोगिता सञ्चालन गरिएको आयोजक समितिका अध्यक्ष बिनोद भट्टराईले जानकारी दिनुभयो ।

प्रतियोगितामा का १२ वटा हस्पिटलले सहभागिता जनाएका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित