कठमाडौ/
इजरायल खास गरि श्रम रोजगारको मुख्य गन्तव्य मानीएको मुलुक हो । यहाँ पढ्न भन्दा बढि काम गर्न जानेहरु छन् ।
इजरायलमा खासरी केयर केभरमा महिला तथा पूरुषहरुले काम गर्दै आएका छन् । नेपालबाट काम गर्न जानेहरु मध्ये अधिकांशको काम यहीनै हो ।
तर त्यहाँ सबै काम गर्न मात्रै पनि जादैनन् ।
इजरायलको कृषि प्रणाली विस्वकै नमुना भएकोले कृषि व्यवसाय गर्न चाहने र यसको विज्ञ बन्न चाहनेहरु पढ्नकालागि पनि जाने गरेका छन् ।
इजरायलमा ‘पढ्दै कमाउँदै ’ भन्ने कार्यक्रम लागु भएको छ । विभिन्न देशबाट यसैकालागि विद्यार्थीहरु ल्याइन्छ । यसै क्रममा नेपालबाट पनि वर्षेनी पढ्दै कमाउँदै कार्यक्रममा विद्यार्थीहरु जाने गरेका छन् ।
यही कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएकाहरुको मृत्यू भएको हो । उनीहरु एक महिनाअघि इजरायल पुगेको जनाइएको छ ।