चुलाचुलीकी महिला दमकमा मृत अवस्थामा फेला, को हुन ती महिला ?

दमक/
इलामको चुलाचुली गाउँपालिकाकी एक महिलाको शव झापाको दमकमा फेला परेको छ ।

चुलाचुलीको वडा नं ५ दाहाल गाउँ निवासी रत्न कुमारी राई को शव वेवारिसे अवस्थामा भेटीएको जील्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दमक २ स्थित हम्सेदुम्से सामुदायिक वनभित्रको रतुवा घाट छेउमा अन्दाजी ६० वर्ष उमेरकी राईको शव भेटिएको हो ।

मंगलबार बिहान जंगलमा घाँस काट्न गएकी महिलाले शव देखेपछि होहल्ला गर्दै प्रहरीलाई खबर गरेका थिए ।

मृतकको शव अहिले पोष्टमार्टमोष्टमार्टमकालागि दमक अस्पतालमा राखीएको छ ।

शवको अवस्था हेर्दा रुखमा आफै झुण्डिएको जस्तो देखिएकोले आत्महत्या  हुन सक्ने दमक २ का वडा सदस्य छवीलाल दुलालले बताउनु भयो ।

Share: