परदेशी २ : गाउँ रित्तो पारेर परदेशीएकाको कहानी (भिडियोमा हेरौ)

दमक/
यही असोज २६ गतेदेखी नेपाली चलचीत्र परदेशी २ देशभरका सिनेमा घरहरुमा प्रदर्शन हुँदैछ । नामैबाट पनि यो चलचित्र कामकालागि विदेश जानेहरुको सपना र सघर्ष जोडिएको छ भन्न सकिन्छ ।

यो चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका कलाकार प्रकाश शपुतले आज झापाको दमक स्थित डि म्याक्स हलमा आएर भन्नु भयो ‘ यो चलचित्र नेपाली समाजको हर घरको कहानीमा केन्द्रित छ । गाउँनै सुन्य बनाएर परदेशीन बाध्य भएका ती वर्गहरुले विदेश जादाँ खाएका हण्डर , ठक्कर र सर्घष देख्न पाइने छ । ’

नेपाली माटोसँग मिल्दो चलचित्र बनाएको दावी गर्दै यसका निर्माता राजेश बंशल भन्नु हुन्छ ‘नेपालको अहिलेको राजनैतिक, सामाजीक , आर्थीक र शैक्षिक अवस्थालाई चलचित्रको एउटा फ्रेम मार्फत प्रस्तुत गरेका छौ ।’

नेपाल , भारत र अमेरिकमा छायंकन गरिएको यो चलचित्रले देशको अवस्था मात्रै नबताउने र अव देशको स्थिती कस्तो सम्मको हुन सक्छ भन्ने कुराको अनुमान सहितको चित्र पनि देखाउने प्रयास गरेको यो चलचित्रमा नायीकाको भूमिका निर्वाह गर्नु भएकी वर्षा सिवाकोटिले बताउनु भयो ।

चलचित्र हेर्न अनलाईन तथा अफलनाईन टिकट बुकिङ खुल्ला भइसकेको जनाइएको छ ।

दमकका पत्रकारहरुसँग साक्षताकार गर्दै गर्दा उज्यालो खवरले सपुतलाई ‘तपाई अव नायकको पहिचानमा चिनिने कि गायकको’ भनेर प्रश्न गरेको थियो । यसमा उहाँले ‘अहिले सम्म म गायक नै छु नायकको रुपमा चलचित्रको सफलताको आधारमा तय गर्ने छु । हेरौ दर्शकले के बनाउनु हुन्छ ।’

भिडियोमा हेरौ

न्यु नेपाली फ्लिम परदेशी २ कस्तो छ ? कथामा के छ ? प्रकाश सपुत। बर्षा सिवाकोटी – YouTube

 

Share: