कोशी प्रदेश : समीकरण फेरेर सरकार बन्दै, कांग्रेसका कार्कीलाई एमलेको साथ

बिराटनगर/

कोशीको मुख्यमन्त्री इन्द्र आङ्वोलाई बनाउने सत्ता गठबन्धनको निर्णयप्रति असन्तुष्टि जनाएका नेपाली कांग्रेसका प्रदेशसभा सदस्य र एमालेबीचमा वार्ता हुने भएको छ ।

 

कोशी प्रदेशसभामा वार्ताका लागि एमाले संसदीय दलका नेता हिक्मत कार्कीलगायत पुगेका छन । असन्तुष्ट प्रदेशसभा सदस्य काठमाडौंबाट हिँडिसकेको र सीधै एमालेसँग वार्तामा जाने असन्तुष्ट समूहका एक प्रदेशसभा सदस्यले बताए ।
एमाले स्रोतका अनुसार असन्तुष्ट समूहसँग सरकार गठनका लागि पर्याप्त प्रदेशसभा सदस्य भए असन्तुष्ट समूहका केदार कार्कीलाई मुख्यमन्त्री बनाउने तयारी छ ।

 

कार्की समूहसँग अहिले ८ प्रदेशसभा सदस्य छन् । उनीहरुले पार्टीको निर्णयविरुद्व केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरे एमालेले समर्थन गरेर आजै सरकार गठनको दाबी गर्ने एमाले स्रोतले जनाएको छ ।
एमालेसँग उपसभामुखसहित ४० सदस्य छन् । केदार समूहका ८ सदस्यले हस्ताक्षर गरे सरकार गठनका लागि दाबी पुग्नेछ ।

Share:

Facebook
Twitter
Email
WhatsApp