कोशी प्रदेशमा दुई मध्ये कसलाई मुख्यमन्त्रीमा नियूक्त गर्लान प्रदेश प्रमुखले ?

बिराटनगर/
कोशी प्रदेशको मुख्यमन्त्रीमा दुईजनाले दाबी पेश गरेपछि प्रदेश प्रमुखले पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्तिका लागि समय लिएका थीए । उनले परामर्शका लागि समय लाग्ने भन्दै लिएको समय पनि आज साँझ ५ बजे सम्ममा सकिदैछ ।

संविधानको धारा १६८(५) अन्तर्गत सरकार गठनका लागि दिएको समय सीमा मुख्यमन्त्री नियूक्त गर्न उनलाई दुईजना प्रदेश सांसदहरुले आ समर्थनको हस्ताक्षर सहित मुख्यमन्त्री बनाउन दावि गरेर पेष गरिसकेका छन् ।

संविधानको धारा १६८(५) अन्तर्गत रहेर सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता नेता इन्द्रबहादुर आङवोले मुख्यमन्त्रीको दाबी पेश गरेका छन् । उनले कांग्रेसका २९, माओवादीका १३, एकिकृत समाजवादीका ३ र जसपाका १ प्रदेश सभा सदस्यको हस्ताक्षर बुझाएका छन् ।

तर कांग्रेसका शिर्ष नेताहरुको निणर्यविरुद्ध असन्तुष्टी जनाँउदै कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले आफूसहित कांग्रेसका ९ सहित प्रदेश सभा सदस्य र एमालेका ३९ प्रदेश सभा सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

उनीसहित कांग्रेसका ८ प्रदेश सभा सदस्यले प्रदेश प्रमुख परशुराम खापुंग समक्ष उभिएर केदार कार्कीबाहेक अरु कसैलाई मुख्यमन्त्री नियुक्त गर्न हस्ताक्षर नगरेको भन्दै पत्र बुझाएका थीए ।

पत्र बुझाउँदा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता हिमाल कार्की उपस्थित नभएपनि पत्रमा हस्ताक्षर गरेका छन् । सशरीर उपस्थित भएका प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखलाई बुझाएको पत्रमा अरु कसैले मुख्यमन्त्री बनाउन भनेर बुझाएको पत्रमा आफ्नो हस्ताक्षर भए त्यो झुटो भएको बताएका छन् ।
कोशीमा उपसभामुखसहित एमालेका ४० सांसद छन् । बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि हस्ताक्षर गर्दा सांसदलाई ह्वीप नलाग्ने र स्वतन्त्र हैसियत रहने सर्वोच्च अदालतको व्याख्या छ ।

Share: