अन्तर रोटरी क्लव ब्याडमिण्टनको उपाधी बिर्तामोडलाई

दमक/
प्रथम रिजन ७ बाईज इन्टर रोटरी क्लव ब्याडमिण्टन प्रतियोगिता टुनामेण्टको उपाधी रोटरी क्लव अफ बिर्तामोडले जीतेको छ ।
रोटरी क्लव अफ दमकको आयोजना तथा दमक नगरपालिका वडा नं ८ को सह आयोजनामा सम्पन भएको प्रतियोगितामा भद्रपुर रोटरी क्लवलाई सोझो सेटमा हराउँदै बिर्तामोडले उपाधी जीतेको हो ।

कुल १४ वटा क्लवहरुबिच भएको प्रतियोगीताको फाईनलमा बिर्तामोडका तर्फबाट शैलेन्द्र कुरुङ्गवाङ र कुमार बाबु गिरीले खेल्नु भएको थियो भने भद्रपुरको टिममा आदीत्य पराजुली र दिपेश ढकाल सहभागी हुनु भएको थियो ।

दमक ८ स्थित प्रेम पाण्डेले आफ्नै घरको भित्र निर्माण गरेको कवर्ड हलमा सम्पन्न भएको प्रतियोगतामा बिजेता बिर्तामोडले नगद १५ हजार रुपैया सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्यो भने उप बिजेता बनेको भद्रपुर रोटरीले नगद १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले बिजेताहरुलाई पुरस्कार बितरण गर्नु भएको थियो ।
उहाँले आज आफु ६७ वर्षबाट ६८ वर्ष पुगेको बताउँदै चुनावका बेला आफुमा निकै चिन्ता भएको स्मरण गर्नु भयो ।

 

निकै भावुक हुदै उहाँले भन्नु भयो ‘मलाई दमकमा एक पटक मेयर हुने इच्छा थियो जुन म चुनावकै बेला उपचारका लागि घोपा जाँदा मरिन्छ कि बाँचीन्छ भन्ने स्थिती थियो तर भगवानले दमकको सेवा गर भनेर पठाइदिनु भयो ।’

 

डेढ वर्ष बितिसकेपनि बाँकी रहेको साढे तीन वर्ष आफुले जनताले अनुभूत हुने गरिको काम गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

नगर प्रमुखले बोल्नु भएको यो कुरालाई यहाँ भिडियोमा राखीएको छ।

 

Happy Birthday Ram thapa बर्थडेका दिन यसरी भावुक बने मेयर – YouTube

Share: