दमकमा विप्पन्नले पाए ‘इन्डक्सन चुलो’

Untitled design (3)

दमक/
धेरै आम्दानीको श्रोत भएकाहरुको घरमा अचेल बिजुलीबाटै खाना पाक्छ । बिजुलीमै तरकारी पाक्छ । अर्थात दाउरा रहित घर बनिरहँदा अव ग्यास रहित घर बन्ने क्रम सुरु भएको छ ।

यो अभियानमा सहभागी हुनेहरु बढि आम्दानीको श्रोत भएका तथा धनिहरु हुन्छन् भन्ने आम बुझाई हुन सक्छ । तर ग्यासलाई बिस्थापीत गर्दै बिद्युतिय चुलो चलाउन विप्पन्नको पनि पहुँच बिस्तार हुन थालेको छ ।

उनीहलाई पहुचयूक्त बनाउने काम पालिका सरकारहरुले गरिरहेका छन् । यसै क्रममा झापाको दमक नगरपालिका वडा नं ८ का बिप्पन्न नागरिकहरुमा यसको बितरण गरेर विप्पन परिवारको घरमा पनि इन्डक्सन चुलो अर्थात विद्युतबाट बल्ने पहुचको विकास गराइएको छ ।

शनिबार यस वडामा रहेका ११ घर परिवारलाई इन्डक्सन चुलो बितरण गरिएको वडाध्यक्ष धर्मराज दाहाल(दिपेश)ले जानकारी दिनु भयो ।

‘ग्यासको भाउ अत्याधिक बृद्धि हुन थालेपछि विप्पन्न परिवारले त्यसलाई थेग्नै मुस्किल पर्ने महसुस गरेर विप्पन्न परिवारमा यस प्रकारको चुलो बितरण गरिएको दाहालले उज्यालो खवरलाई जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन