डाक्टरहरुद्धारा काम हड्तार, अस्तव्यस्त अस्पताल, सरकारी उदासिनताले बिरामी मर्कामा

धरान/
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्री र कुलपति प्रधानमन्त्रीलाई सामूहिक राजीनामा दिएर फर्केका करिब १५० जना चिकित्सक नियमित ड्युटीमा नजाने भएका छन् ।

डाक्टर ड्युटीमा नगएपछि बीपी प्रतिष्ठान झन् अस्तव्यस्त

उनीहरू ड्युटीमा नगएपछि प्रतिष्ठानको सबै सेवा प्रभावित भएको छ । प्रतिष्ठानको सघन उपचार कक्ष (आईसीयू), दर्जन बढी ओपीडी, आठ सय जना बिरामी उपचाररत विभिन्न वार्ड, इमर्जेन्सी सेवा, शल्यक्रियादेखि चिकित्साशास्त्रको अध्ययन अध्यापन, परीक्षा, अनुसन्धान र प्रतिष्ठानभित्रै सञ्चालित विभिन्न विभागका क्लिनिकमा उपचार सेवा प्रभावित भएको छ ।

 

सात वर्षदेखि पदोन्नति प्रक्रिया रोकिएको भन्दै तीन दिनअघि चिकित्सकहरूले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई सामूहिक राजीनामा बुझाएका थिए । प्रतिष्ठानको पदाधिकारी स्तरबाट केही नहुने संकेत पाएपछि सामूहिक रूपमा काठमाडौं गएर प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिष्ठानका पूर्वउपकुलपति डा. शेखर कोइराला, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, लोक सेवा आयोगका अध्यक्षलगायतलाई भेटेर आफ्ना मागबारे ज्ञापनपत्र बुझाएका थिए ।

तीव्र दबाब दिनका लागि चिकित्सकहरूले स्वास्थ्यमन्त्री बस्नेतलाई सामूहिक राजीनामा पत्र बुझाएर धरान फर्किएका हुन् । ‘हामीले सामूहिक राजीनामा दिएकाले ड्युटीमा फर्किन सकेका छैनौं । धरान फर्किए पनि उपचार र पठनपाठनमा सहभागी हुन नसक्ने अवस्थामा छौं,’ प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा. रविन मास्केले भने । उनले प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीसँगको भेट सकारात्मक रहेकाले चाँडो निकास आउनेमा आशावादी रहेको बताए ।

प्रतिष्ठानमा न्युरो विभागका चिकित्सक डा. भूपेन्द्र शाह ठकुरीले पनि राजीनामा दिएर आएकाले आइतबार बिहान ८ देखि ५ बजेसम्म अनशन, धर्ना बस्ने र कतै पनि सहभागी नहुने बताए । उनले प्रधानमन्त्री दाहालले समस्या समाधानका लागि मुख्यसचिव वैकुण्ठ अर्याललाई जिम्मेवारी दिएको पनि बताए । प्रतिष्ठानका शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज खानले कुलपति तथा प्रधानमन्त्रीले अहिले जारी बढुवा प्रक्रिया अगाडि बढाउन पदाधिकारीलाई निर्देशन दिन स्वास्थ्यमन्त्रीलाई र लोक सेवातर्फको प्रशासनिक विषय समाधानका लागि पहल गर्न मुख्यसचिवलाई जिम्मा दिने बचन दिएको बताए ।

 

उनले भने, ‘उहाँहरूको पहल सकारात्मक उपलब्धि हो । तर कुलपतिज्यूले भन्नुभएअनुसार प्रक्रिया अगाडि नबढेसम्म हामीले हाम्रो आन्दोलन जारी नै राख्ने निणर्य गरेका छौं ।’ उनले चिकित्सकहरूले आईसीयू, आकस्मिक सेवासमेत छाड्नुपर्ने स्थिति आउन नदिन स्वास्थ्य मन्त्रालय, प्रतिष्ठान पदाधिकारी र कासले चाँडो निकास दिनुपर्ने पनि बताए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर