दमक चोकमा वर्षौ देखी निभेको बत्ती झलमल बल्न थाल्यो

दमक/
झापाको दमक स्थित मुख्य चोकमा रहेका चारवटा वत्ती बिगत केहि वर्ष देखी बलेका थीएनन् । तत्कालीन दमक उद्योग वाणिज्य सघंका अध्यक्ष राजेन्द्र ढकाल नेतृत्वको टोलिले दमकको चमक बढाउन भन्दै यहाँ चारवटा बत्ति जडान गरेको थियो । तर त्यो बत्तीको उचीत सुरक्षा तथा मर्मत सम्भार नहुदा बल्न सकेको थीएन ।

पोल थियो । पोलको माथी बत्तीको होल्डर थीयो । होल्डरमा बिग्रीएका बल्ब भुण्डिरहेका थीए । तर यो के भएर बल्न सकेन भनेर र यस अघीको दमक उद्योग वाणिज्य सघंको टोलीले हेर्ने नप्रयास गर्यो । न अहिलेकालेनै गरेका थीए ।

तर अहिले यो वत्ती बलेको छ । यहाँका तत्कालीन वाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाको पहलमा यो बत्ती बलेको छ । यो काम गर्ने जिम्मेवारी भने नेपाल उद्योग तथा व्यवसायी महासघं दमक नगर कमिटीले गरेको छ ।

महासघंका दमक अध्यक्ष रमेश लुईटलका अनुसार अन्धाकार दमक चोकलाई झलमल्ल बनाउने काम भएको छ । यसबाट सडकमा आवात जावत गर्नेहरुलाई सहज हुने तथा दमकको सौन्दर्यमा थप योगदान हुने बिस्वास गरिएको लुईटेलले उलल्ेख गर्नु भयो ।

यो बत्ति नहुदा सडक सफ गर्न समेत गाह्रो भएको तथा राती तथा बिहानीको पख यहाँ दुर्घटना तथा अपराधीक घटना समेत हुन सक्ने जोखिमलाई मद्यनजर गर्दै यसको मर्मत गरेर बत्ती बाल्ने काम गरिएको महासघंका कोशी प्रदेश कमिटीक सदस्य समेत रहनु भएका खतिवडाले बताउनु भएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp