दमक/
झापाको दमकमा कार्यालय स्थापना गरि सामाजीक क्षेत्रका बिभिन्न मुद्धामा पैरवि गर्दै आएको सस्था हो सुनौलो अभियान नेपाल । यसले खासगरी महिला शशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको छ । ८ वर्ष अघी स्थापना गरिएको सस्थाले आफनो साधरणसभा सम्पन्न गर्दै नेतृत्व पनि परिवर्तन गरेको छ ।
आज दमकमा सम्पन्न भएको साधारणसभाले अध्यक्षमा मञ्जु थापालाई चयन गरेको छ । लामो समयदेखी महिला शशक्ति करणमा आवाज उठाउँदै आउनु भएकी थापालाई यो पटक भने सुनौलो नेपाल समाजको अध्यक्षमा चयन गरिएको सस्थाकी नि वर्तमान अध्यक्ष लीला ढुङ्गेल दाहालले जानकारी दिनु भएको छ ।
यस्तै उपाध्यक्षमा यमुना गौतम, सचिव चन्द्रा काफ्ले, सहसचिव इन्दु सिग्देल र कोषाध्यक्षमा निर्मला आचार्यलाई चयन गरिएको छ ।
कार्यसमितिसदस्यहरूमा रमा पोखरेल, दुर्गा पौडेल, लक्ष्मी कटुवाल, कल्पना राई, लक्ष्मी काफ्ले, मुना सिग्देल, भूमिका चापागाईं र रिता थापा रहनु भएको छ ।
आज सम्पन्न भएको सभाले अध्यक्षले ढुङ्गेलले प्रस्तुत गरेको प्रतिवेदन पारित गर्नुका साथै सचिव यमुना गौतमले पेष गर्नु भएको आर्थीक प्रतिवेदन पनि पास गरेको छ ।
दमक नगरपालिकाको कार्यपालिका सदस्य शारदा भट्टराई सापकोटाको प्रमुख आतीथ्यतामा सम्पन्न भएको कार्यक्रममा दमकका बिभिन्न वडाका वध्यक्ष तथा अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।