चर्चामा काग्रेस-एमाले गठबन्धन, कोशीमा सहमतीय सरकारको विपक्षीयमा एमाले

बिराटनगर/
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफूहरुले कोशीको गणितीय अवस्थालाई मध्यनजर गरेर वर्तमान गठबन्धन कायम राख्दै एमालेसँग सहकार्य गर्ने विषयमा छलफल गर्न प्रस्ताव गरेको स्मरण गराएका छन् ।

आइतबार सामाजिक सन्जालमा कोशी घटनाबारे टिप्पणी गर्दै महामन्त्री शर्माले लेखेका छन्- ’गणितीय जटिलता, अनि पहिचानको आन्दोलन सम्बोधन गर्नुपर्ने आवश्यकता दृष्टिगत गरेर दुवै महामन्त्रीको प्रस्ताव थियो- ञकोशीमा एमाले सहितको समाधान खोजौं, तर मौजुदा गठबन्धन कायमै राखेर । यो गठबन्धन छोडेर अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गरौं िसँधै यो बोकिरहनुपर्छ, जरुरी छैन ितर संस्थागत निणर्य नगरी हामी कसैलेपनि आवेगमा कुनै निणर्य लिनुहुन्न ।’

सत्ता गठबन्धनले कोशी प्रदेशमा सहमतिको सरकार बनाउने प्रस्ताव अघि सारेको छ । कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनमा विद्रोह गरेर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका केदार कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । पार्टी निणर्यविरुद्ध विद्रोह गरेका उनले मुख्यमन्त्री बन्ने बेला आफ्नै पार्टी र गठबन्धनको समेत समर्थन लिएका छन् भने उनलाई विपक्षी एमालेको समर्थनसमेत कायमै छ ।
आइतबारै पहिलो चरणको मन्त्रिपरिषद् विस्तार गर्दा भने उनले एमाले र आफूसँगै विद्रोह गरेका कांग्रेस सांसदलाई मात्रै सहभागी गराएका छन् । मुख्यमन्त्री बन्नेबित्तिकै गठबन्धनको समेत समर्थन पाएका कार्कीको सरकारमा एमाले पनि सहभागी भएको छ । कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन समर्थन गर्न विद्रोह गरेका कांग्रेस सांसदमध्येबाट शमशेर राई र एमाले प्रदेश संसदीय दलका उपनेता रामबहादुर मगरलाई मन्त्री बनाएका हुन् ।

मुख्यमन्त्रीको शपथ लिनेबित्तिकै कार्कीले कोशी प्रदेशमा सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् । ‘मध्यावधिको सम्भावना टरेको छ । अब प्रदेशसभा विघटन नहुने भएको छ,’ कार्कीले सञ्चारकर्मीसँग भने, ‘अब सहमतिको सरकार बन्छ ।’

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धनको सरकारमा एमाले पनि सहभागी हुन चाहेको दाबी गरे । ‘शीर्ष नेताहरूबीच भएको सहमतिबमोजिम उहाँ मुख्यमन्त्री बन्नुभएको हो । त्यसअनुसार उहाँ गठबन्धनकै मुख्यमन्त्री हो, त्यसो भएपछि सरकार पनि हाम्रै भयो,’ विश्वकर्माले भने ।

मुख्यमन्त्री बनेका कार्की नेता शेखर कोइराला निकट हुन् । कोइरालाकै निर्देशनमा कोशी प्रदेशसभाका ८ सांसदले पार्टी र गठबन्धनको निणर्यविरुद्ध विद्रोह गरेका थिए ।

गठबन्धनको अर्को घटक माओवादी केन्द्रले भने मुख्यमन्त्रीको बोली र काम नमिलेको आरोप लगाएको छ । माओवादी केन्द्रको प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले मुख्यमन्त्रीको कुरा र काम फरक फरक भएको टिप्पणी गरे ।
उनले एमालेको सरकारमा आफूहरू मिसिन नजाने बताए ।

यता एमालेले भने कोशी प्रदेशमा सहमतिको सरकारको सम्भावना नरहेको स्पष्ट पारेको छ । प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेशस्तरीय सहमतिको सरकारको सम्भावना नरहेको बताए ।

‘प्रदेशस्तरीय सहमतिको सरकार बनाउन हामीले पनि पटक पटक प्रयास गरेकै हो । त्यो विगतमा पनि भएन, अहिले पनि सम्भव छैन,’ उनले भने, ‘यो कांग्रेस र एमालेको सहमतिको सरकार हो । त्योभन्दा दायाँबायाँ हामीलाई स्वीकार्य हुन्न ।’

Share:

Facebook
Twitter
Email
WhatsApp