ओलीको अनुरोध :कृषकलाई प्राविधिक ज्ञान दिनु, विद्यार्थीले व्यवहारिक ज्ञान लिनु

दमक/
खेतमा काम गरिरहेका किसानहरुमा प्राविधिक ज्ञानको अभाव छ । विद्यालयमा पढिरहेका विद्यार्थीले व्यवहारिक कुरा सिक्न सकिरहेका छैनन । यी दुवैको समस्या समाधान गर्न अव विद्यार्थीलाई खेतमा गएर अभ्यास गराउनु पर्ने पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले बताउनु भएको छ ।

‘प्राविधिक ज्ञानको अभावमा किसानहरुको फसल फस्टाउन सकेको छैन । व्यवहारिक ज्ञान नभएका कारण विद्यार्थीहरुले सिक्नु पर्ने कुरा सिक्न पाइरहेका छैनन । त्यसैले यी दुवैको आवश्यकता पुरा गर्न अव विद्यार्थीलाई खेतमै राखेर अभ्यास गराउँदै पढाउ । किसान र विद्यार्थी सँग-सँगै राखौ । यसले किसानमा उत्पादन गराउन मद्यत गर्छ ,। विद्यार्थीले व्यवहारिक ज्ञान सिक्न पाउने छन् ।’ ओलीले झापाको गौरादहमा गौरादह कृषि क्याम्पसको नवनिर्मित पुस्ताकालय तथा प्रयोगशालाको पक्की भवन उद्घाटन पछि बोल्ने क्रममा बताउनु भयो ।

यस क्याम्पसमा देशभरीबाट आएर कृषिको विएसीएजी (कृषि स्नातक) पढने विधार्थीले सैदान्तिक ज्ञान मात्र लिने भन्दा पनि ब्यवहारिक ज्ञान किसानवाट ग्रहण गरी कृषिलाई व्यवसायीक बनाउनु पर्ने तर्फ उहाँले जोड दिनु भएको थियो ।

हिजो कृषिमा आत्म निर्भर रहेको मुलुक अहिले टमटर ,खोर्सानी ,आदिमा पनि परनिर्भर हुदै गएको भन्दै ओलीले चिन्ता पनि ब्यक्त गर्नु भयो ।
नेपालमा हरेक वाली उत्पादन हुने सबै भन्दा उत्तम स्रोत माटो भए पनि साधान नहुदा अरुसंग भर पर्नु पर्ने अवस्था रहेको हुदा प्रत्येक नागरिकले थोरै भएको जग्गामा पनि कृषि कर्म गर्न उहाँले आग्रह गर्नु भयो । कृषि विज्ञानको विषयमा आफनो विचार राख्न समय खर्चिनु भएका अध्यक्ष ओलीले गौरादह कृषि क्याम्पसको विकास र भेटनरी अस्पताल ल्याउन आफूले पहल गर्ने बताउनु भयो ।

कृषि र पशु विज्ञान अध्ययन संस्थानका डिन प्राध्यापक भार्गव धितालको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका निर्वतमान मुख्य मन्त्री हिक्मत कार्कीले गौरादहवासीको मात्र नभएर यो कृषि क्याम्पस प्रदेशवासी गौरव भएकाले यसलाई संरक्षण गर्न र भेटनरी अस्पताल ल्याउन पहल गर्ने उल्लेख गर्नु भयो ।

कार्यक्रममा गौरादह नगर पालिकाको नगर प्रमुख छत्रपति सुवेदीले कृषि क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुको केही निशुल्क कोटा वृद्धि गर्नु पर्ने,भेटनरी अस्पताल ल्याउन पहल गर्न माग गर्नु भयो । निर्वतमान नगर प्रमुख रोहित शाह र त्रिभुवन विश्व विधालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त वाँस्कोटाले कृषि क्याम्पसको शैक्षिक भौतिक विकासमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।

नयाँ भवनको लागत कती ?

गौरादह कृषि क्याम्पसको पक्की भवन निर्माणका लागि विश्व विधालय अनुदान आयोग र त्रिभुवन विश्वविधालयको ६ करोड ४४ लाख ४ हजार रहेको कृषि क्याम्पसका क्याम्पस प्रमुख सुबोध खनालले जानकारी दिनु भयो । साढे ३ वर्षे अवधिमा निर्माण भएको पक्की भवनमा १४ कोठा रहेको क्याम्पसले जनाएको छ । यस क्याम्पसमा कृषिको विएसीएजी (कृषि स्नातक) दुई ब्याच अध्ययन गराई सकेको क्याम्पस प्रमुख खनालले बताउनु भयो ।

Share:

Facebook
Twitter
Email
WhatsApp