दमक/
दमकमा चलिरहेको दोस्रो रोयल महिला फुटबल प्रतियोगिताको आज भएको खेलमा आयोजक रोयल स्पोट्रिङ क्लव बिजयी भएको छ ।
इलामको बि वाई सि क्लवलाई ९-० को भारी गोअन्तरले हराउँदै दमक बिजयी भएको हो ।
दमक-२ स्थित हिमालय माध्यमिक विद्यालयको खेल मैदानमा भइरहेको सो खेलमा विजयी भएसँगै आयोजक दमक दोस्रो चरणमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत भोलीबाट दोस्रो चरणका खेलहरु सुरु हुने छन् ।
जसको पहिलो खेल यस अघीका दुई बिजेता समुह बिच हुने छ । भोली सि एफ सि काठमाडौ र धरान महिला फूटबल क्लव बिच प्रतिस्पर्धा हुने छ ।
कात्तिक ५ गते सम्पन्न हुने प्रतियोगिताका विजेता टोलीले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
त्यस्तै उपविजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र र विधागततर्फ वोमेन अफ द म्याच, बोल्डन बल अवार्ड, गोल्डेन बुट अवार्ड ,गोल्डेन ग्लोभ्स अवार्ड र रोयल वेष्ट राईजिङ प्लेयर अवार्डबाट उत्कृष्ठ हुने एक ,एक जना खेलाडीलाई समेत जनही नगद २ हजार तथा प्रमाणपत्र प्रदान गरिने खेल संयोजक राजु खड्काले जानकारी दिए ।