दशैमा जेष्ठलाई घर घरमै भत्ता, निशुल्क स्वास्थ्य परिक्षण

दमक/
जेष्ठ नागरिकहरुलाई सरकारले दिने सामाजीक सुरक्षा भत्ता बैकको खाता खातामा आएको छ । प्रत्येक तीन तीन महिनामा सरकारले दिने सो भत्ता दशैको पूर्वसन्ध्यामा लाभग्राहिको खातामा हालीदिएको हो ।

तर अहिले बैंकहरुमा थेगीनसक्नुको भीड भएपछि केहि जनप्रतिनीधीहरुले त्यसमा सहजीकरण गरेका छन् ।
दमक नगरपालिका वडा नं ८ का जनप्रतिनिधीले यहाँको सानीमा बैकसँग सहजीकरण गरि लाभग्राहीको घर घरमै सो सामाजीक सुरक्षा भत्ता पुर्याइदिएका छन् ।

वडाध्यक्ष धर्मप्रसाद दाहाल(दिपेश) भन्नु हुन्छ ‘हामीले चुनावका बेला गरेका वाचा अहिले पुरा गरेका हौ । ’आफुहरुले अशक्त तथा जेष्ठ सदस्यहरुलाई घर घरमै यो प्रकारको सेवा दिने प्रतिवद्धता गरेको बताउँदै वडाध्यक्ष दाहालले भन्नु भयो ‘हामी निर्वाचित भएर आएदेखी निरन्तर जेष्ठ तथा अशक्तहरुलाई घर घरमै सामाजीक सुरक्षा भत्ता पुर्याइरहेका छौ । आज पनि हामीले एक सय जना लाभग्राहिलाई घरमै पुगेर सेवा दिएका छौ ।’ बैकंका प्रतिनिधी, वडाका जनप्रतिनीधीको टोलीले वडामा रहेका जेष्ठ तथा अशक्तहरुलाई घरमै पुगेर भत्ता वितरण गरेको हो ।

दशैको समयमा बैकमा हुने भीडको समस्या आफुहरुले भोग्नु नपरेको र घरमै बसी बसी भत्ता पाउँदा आफुहरुलाई सहज भएको भन्दै जेष्ठ नागरिकहरुले जनप्रतिनिधीहरुलाई कृतज्ञता व्यक्त गरेका थीए ।

साथै टोलीले एकै साथ जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण पनि घर घरमै गएर गरको थियो ।

टोलीमा एक जना फिजिसियन डाक्टरनै लगेर जेष्ठहरुको स्वास्थ्य परिक्षण गरिएको वडाध्यक्ष दाहालले उज्यालो खवरलाई जानकारी दिनुभएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp