दशैमा जेष्ठलाई घर घरमै भत्ता, निशुल्क स्वास्थ्य परिक्षण

दमक/
जेष्ठ नागरिकहरुलाई सरकारले दिने सामाजीक सुरक्षा भत्ता बैकको खाता खातामा आएको छ । प्रत्येक तीन तीन महिनामा सरकारले दिने सो भत्ता दशैको पूर्वसन्ध्यामा लाभग्राहिको खातामा हालीदिएको हो ।

तर अहिले बैंकहरुमा थेगीनसक्नुको भीड भएपछि केहि जनप्रतिनीधीहरुले त्यसमा सहजीकरण गरेका छन् ।
दमक नगरपालिका वडा नं ८ का जनप्रतिनिधीले यहाँको सानीमा बैकसँग सहजीकरण गरि लाभग्राहीको घर घरमै सो सामाजीक सुरक्षा भत्ता पुर्याइदिएका छन् ।

वडाध्यक्ष धर्मप्रसाद दाहाल(दिपेश) भन्नु हुन्छ ‘हामीले चुनावका बेला गरेका वाचा अहिले पुरा गरेका हौ । ’आफुहरुले अशक्त तथा जेष्ठ सदस्यहरुलाई घर घरमै यो प्रकारको सेवा दिने प्रतिवद्धता गरेको बताउँदै वडाध्यक्ष दाहालले भन्नु भयो ‘हामी निर्वाचित भएर आएदेखी निरन्तर जेष्ठ तथा अशक्तहरुलाई घर घरमै सामाजीक सुरक्षा भत्ता पुर्याइरहेका छौ । आज पनि हामीले एक सय जना लाभग्राहिलाई घरमै पुगेर सेवा दिएका छौ ।’ बैकंका प्रतिनिधी, वडाका जनप्रतिनीधीको टोलीले वडामा रहेका जेष्ठ तथा अशक्तहरुलाई घरमै पुगेर भत्ता वितरण गरेको हो ।

दशैको समयमा बैकमा हुने भीडको समस्या आफुहरुले भोग्नु नपरेको र घरमै बसी बसी भत्ता पाउँदा आफुहरुलाई सहज भएको भन्दै जेष्ठ नागरिकहरुले जनप्रतिनिधीहरुलाई कृतज्ञता व्यक्त गरेका थीए ।

साथै टोलीले एकै साथ जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण पनि घर घरमै गएर गरको थियो ।

टोलीमा एक जना फिजिसियन डाक्टरनै लगेर जेष्ठहरुको स्वास्थ्य परिक्षण गरिएको वडाध्यक्ष दाहालले उज्यालो खवरलाई जानकारी दिनुभएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर