दमक/
झापाको दमक चोक पुरानो हाईवे होटल अगाडीको सडकमा तार लत्रीएको तीन दिन भइसक्यो । यसको व्यवस्थापन हुन सकेको छैन ।
यसले यो क्षेत्रमा आवागमन गर्ने सवारी साधन तथा सर्वसाधरणलाई असुरक्षीत बनाइरहेको छ । दुर्घटनाको जोखिम पनि उत्तीकै बढिरहेको छ ।
दमकको चमकमा यस्ता लत्रीएका तारले कुरुप पैदा गरिरहेको भनेर बारम्बार आलोचना भइरहेको पनि छ । तर यसमा सरोकार राख्ने निकायहरुले खास वास्ता गरेको देखिदैन ।
खासमा यी तारहरु बीजुलीका तारहरु भने होईनन् । यी तारहरु केवल , इन्टरनेट, तथा टेलिफोनका तारहरु हुन । एउटै बिजुलीको पोलमा विद्युत बाहेक अन्य सेवा प्रदायक कम्पनीहरुले तार टाँङ्गने र यसको उचीत व्यवस्थापन नगरिदिदा नलत्रीएका ठाउँमा पनि तारहरु गुजुल्टो बनाइ राख्नेले शहरको सौन्दर्यतामै प्रश्न चिन्ह खडा गरिरहेको छ ।
दमक चोकका व्यवसायीहरु भन्छन् ‘यस्ता समस्या त यहाँ भइरहन्छन् । तर यसले दिगो समाधान पाउन सकेको छैन । ’
दमकमा सडक सौन्दर्य र सुरक्षीत बनाउन भन्दै अहिले बिभिन्न नियमहरु कर्यान्वायन गराइरहिएको छ । खास गरि एक तर्फि पार्किलाई ‘फोकस’ गरिएको भइएपनि यसरी तार लत्रीएकामा भने खास ध्यान पुग्न सकेको छैन ।
दमक नगरपालिकाले नगर भित्र पर्ने सबै सडकहरुलाई सुरक्षीत र व्यवस्थित बनाउन भनेर ट्राफिक व्यवस्थापन समिती गठन गरेको छ । यसमा ट्राफिक प्रहरी, सडक बिभाग, निर्वाचीत जनप्रतिनिधी, अन्य सामाजीक अगुवा तथा राजनैतिक दलका प्रतिनिधीहरुपनि सदस्यमा छन् । यो समितीको संयोजकको जिम्मेवारी दमक नगरपालिका वडा न. २ का वडाध्यक्ष प्रजापति सापकोटालाई छ ।
‘दमक भीत्र पर्ने सडक सुरक्षामा पर्ने सबै काम यही समितेलै गर्छ । ’ उज्यालो खवरसँग कुराकानी गर्दै सापकोटाले भन्नु भयो ‘आजै बैठक बसी भोली त्यहँ लत्रीएका तारहरु हामी जफत गछौ र सडक सुरक्षीत बनाउँछौ ।’