३७ वर्षे यी यूवा ब्रेन ट्यूमरको सिकारमा भन्छन् ‘तपाईको सहयोग पाए बाँच्ने थीए’

दमक/

आँखा टिलपिल आशुले भरिएको छ । हेर्दा लक्का जवान देखिने यो शरिर अहिले शिथिल छ । पाखुरामा बल हुँदा र मनमा हिम्मत हुँदा यो शरिरले देश विदेश गएर पशीना पनि बगाइसकेको छ । तर अहिले यो शरिरलाई आफ्नै घरमा पनि बस्न मन नलाग्ने हुन थाली सक्यो । परिवारको बोझ भइरहेको छु कि भन्ने भावना सिर्जना गरिरहेको छ । उहाँको नाम हो धन बहादुर गुरागाईँ । उमेर बल्ल ३७ वर्षको मात्रै छ । अत्यन्तै उर्वर उमेरमा उहाँ घरमा थलीएर बस्नु परेको छ । ब्रेन ट्यूमर भएका कारण उहाँ बिगत ३ वर्ष देखी उहाँ यो रोगले थलीएर बस्नु भएको छ । उपचार गर्न जाने पैसा नभएकै कारण अहिले मृत्यू पर्खेर बसिरहनु भएको छ ।

डाक्टरले समय समयमा फलो अपमा आउनु भनेको भएपनि खर्च अभावमा उहाँ जान सक्नु भएको छैन । जसले गर्दा उहाँलाई अहिले गालासँगै जोडिएको माथील्लो हड्डी भएको ठाउँ र चल्नी बेस्सरी दुख्न पनि थालेको छ । ट्यूमरको असरका कारण यस्तो भएको भन्ने उहाँको बुझाई छ । उहाँको घरमा बुबा र आमा हुनुहुन्न । उमेर सानो हुदैमा आमा र बुबाको मृत्यू भएपछि अहिले उहाँ दीदिकहाँ हुनुहुन्छ । अहिले आम्दानीको श्रोत सुन्य छ । बिहान बेलुकाको छाक टार्नै धौ धौ परिरहेको यो परिवारमा बज्रपात परेको छ ।

धन बहादुर ७ वर्ष बहराई बस्नु भएको थियो । त्यहाँ उहाँले सो अवधिमा करिव २५ लाख रुपैँया कमाउनु भएको थियो । तर त्यो कमाएको रकम सबै उपचारमा सकियो । तर रोग निको हुने कुनै छाटकाट छैन । उपचार गर्न अझै झण्डै १० लाख रुपैँया लाग्छ भनेर अस्पतालले भनेको छ । तर उहाँसँग १० लाख त के १० रुपैँया पनि नभएको प्रतिकृया दिनु भएको छ । ‘अव म त मर्छु होला, उपचार गर्ने पैसा नभएर ’उहाँले आँखाबाट आँशु निकाल्दै हिक हिक गर्दैै आफुले मृत्यूको दिन मात्रै कुरेर बसेको सुनाउनु भयो ।

यद्यपी उहाँमा एउटा सानो भरोषा छ । यदी यो भिडियो हेरिरहनु भएकाहरुले सकेको सहयोग गर्नु भयो भने चाहि बाँच्छुकी भन्ने । त्यसैले उहाँको अपील छ मलाई बचाइदिनुस । म मर्न चाहन्न ।

उहाँले सहयोग गर्न चाहनेहरुका लागि ९८१३४८४४७४ मा साझै फोन गरि अवस्था बुझेर सहयोग गर्न अनुरोध गर्नु भएको छ । यही नम्बरमा उहाँको इ सेवा समेत रहेकोले सहयोगका लागि उहाँले हात फैलाउनु भएको छ । अव उहाँको जीवन बचाउने वा यत्तीकै मृत्यूकै सिकार हुन दिने यो भिडियो हेर्नेहरुको हातमा रहेको उहाँले भावुक हुँदै बताउनु भएको छ ।

(भिडियोमा हेरौ)

 

 

Share: