दमक/
छैट पर्वको समयमा पुजा गर्न जाने भक्तजनहरुकालागि यो पटक दमकमा केहि सहज हुने भएको छ ।
पुजा गर्ने स्थल दमक ७ स्थित रतुवा नदिको किनारमा छैट पुजा स्थलमा जाने बाटो सहज बनाउने कामको सिलान्यास गरिएको छ ।
अहिले रेडक्रस देखी ठीक पछाडीको भागमा भर्याङ बनाउने कामको सिलान्यास दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले गर्नु भयो ।
मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरि नगर प्रमुख थापा, उप प्रमुख रेगिना भट्टराई प्रसाई, वडा नं ७ का जनप्रतिनिधी तथा अन्य सरोकार राख्ने समुदायको उपस्थितीमा सिलान्यास गर्ने काम सम्पन्न भएको छ ।
यो काम सम्पन्न गर्नकालागि भनेरे कार्यपालिकाले १० लाख रुपैँया बजेट बिनियोजन गरेको थियो । यो रकमले अपुग हुने देखिएपछि नगर प्रमुख र उप प्रमुख कोषबाट थप २/२ लाख हालेर नगरपालिकाको कुल १४ लाख र उपभोक्ताको ३ लाख २२ हजार ४ सय ५ गरि जम्मा १७ लाख २२ हजार ४ सय ५ रुपैँयामा काम गर्ने बजेट छुट्टिएको छ ।
यो काम छैट अघीनै सम्पन्न गरिसक्नु पर्ने भएकोले उपभोक्ता समिती बनाएर द्रुत गतिमा काम गर्ने सहमती भएको नगरपाकिलाका प्रमुख प्रशाषकीय अधिकृत गणेश कुमार कार्कीले जानकारी दिनु भयो ।
‘खासमा १० लाख माथीको बजेटमा उपभोक्ता समिती मार्फत काम नगराउनु पर्ने हो तर अहिले छैट पर्व आइसकेको र टेण्डर आह्वान गर्दा प्रकृया लामो हुने भएकोले तत्काल काम सम्पन्न गर्न उपभोक्ता समिती निर्माण गरिएको हो । ’ प्रमुख प्रशाषकिय अधिकृत कार्कीले उज्यालो खवरसँग कुरा गर्दै बताउनु भयो ।
यो योजना यही कार्तिक १२ गते सम्झौता भएको र यहि वर्षको चैत्र ३० गते सम्ममा सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ ।
यद्यपी सम्झौतामा यो मिती उल्लेख भएपनि गठीत उपभोक्ता समितीले आउदो छैट अघीनै योजना सम्पन्न गरि प्रयोगमा ल्याउने प्रतिवद्धता जनाएको पनि कार्कीले बताउनु भयो ।
दमकका छैट पुजा गर्ने व्यवस्थित घाट निर्माण गर्न आवश्यक छ भनेर केहि वर्ष देखी चर्चा चलिरहेको थियो । रतुवा नदिको पुल देखी उत्तर दमक १ सम्मनै यो प्रकारको पुजा निर्माण स्थल बनाउने अभियान चलाइने कार्यपालिका सदस्य बिना शाहले बताउनु भयो । ‘यो सुरुवात हो । यसलाई निरन्तर्ता दिएर आवश्ययक मात्रामा अन्य संरचना पनि क्रमश बनाइने छ ।’ कार्यपालिका सदस्य शाहले जानकारी दिनु भयो ।