दमक/
विद्यालयको कक्षा कोठा कस्तो हुन सक्ला ? तपाई हामी सबैको आँखा अगाडी डेक्स र ब्रेन्चमा बस्ने तरिकाकै हुन्छ भन्ने आउन सक्छ । हुन पनि हो । अधिकांश विद्यालयहरुमा पढ्ने कोठामा बस्ने ठाउँ त्यस्तै हुन्छ । पढ्ने कोठामा बस्ने ठाउँले के पढाईमा फरक पार्र्छ र ? भन्ने सवाल मनस पटलमा आउनु स्वभाविक पनि हो । तर आउने रहेछ ।
झापाको दमक ५ मा रहेको दिपिनी आधारभूत विद्यालय । यहाँ तपाईले बस्दै आएको र सोचेको जस्तो कक्षा कोठा छैन । झट्ट हेर्दा यहाँ कुनै तालिम , गोष्ठि वा सेमिनार पो हुँदै छ कि भन्ने जस्तो देखिन्छ । तर यो त्यस्तो कुनै सेमिनार वा गोष्ठि होईन । यो नियमीत पढाई हुने कक्षा कोठा नै हो ।
सिङ्गो कक्षा कोठामा चार वटा राउण्ड टेवल राखीएको छ । हरेक टेवलका साथमा सात/वटा कुर्सीहरु छन् । यही अनुपातले कक्षामा २८ जना विद्यार्थी अटाउँछन् ।
सहज बसाई, साथीहरुसँग छलफल गर्न सजीलो । सामुहिक भावनाको विकास । समुहगत हुने प्रतिस्पर्धाले विद्यार्थीहरुको सिकाई प्रभावकारी बन्न सक्ने रहेछ । यी कुराको अनुभव विद्यार्थी आफैले गरेका छन् ।
यो विद्यालयका सबै कक्षाहरु भ्ने यस्ता छैनन । यो वर्ष देखी यस खाले कक्षाको प्रभावकारिता कस्तो हुने रहेछ भनेर प्रयोग गरिएको विद्यालयले जनाएको छ । विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न कस्ता कस्ता कामहरु गर्न सकिन्छ , नयाँ नयाँ तरिका अपनाउन भनेर दमक नगरपालिकाले केहि बजेट पनि दिएको थियो । सो बजेटले एउटा कक्षाकोठामा आवश्यक पर्ने विभिन्न सामाग्रीहरु खरिद गरिएको र सेमिनार तथा गोष्ठि तरिकाको कक्षा कोठाको सेट अप गरिएको विद्यालयका प्रधानाध्यापक शेष कुमार निरौलाले जानकारी दिनु भयो । यसको प्रभावकारिता हेरेर आगामी शैक्षिक वर्ष देखी अन्य कोठाहरुमा पनि यस्तै प्रकारको सेट अप गर्ने योजना विद्यालयले बनाएको उहाँले सुनाउनु भयो ।
शैक्षिक गुणस्तर सुधार गर्न दमक नगरपालिकाले हरेक वर्ष यहाँ रहेका सामुदायीक विद्यालयलाइ बजेटनै दिने गर्छ । विद्यालयले बनाएको प्रोजेक्ट र त्यसको प्रभावकारिताका आधारमा नगरपालिकाले बजेट दिदैआएको हो । यो विद्यालयले पहिलो पटक एक लाख र दोस्रो पटक ४ लाख रुपैँया बजेट प्राप्त गरेको छ । अहिलेको कक्षा सेट अप १ लाख रुपैँया बजेटबाट गरिएको जनाइएको छ ।
भिडियोमा हेरौ