सुई खोई

सुई नहुँदा खोप कार्यक्रम नै प्रभावित

sui

बिराटनगर/
प्रदेश १ मा कोभिड-१९ विरुद्धको खोपका लागि प्रयोग हुने सिरिन्जको चरम अभाव देखिएको छ । सिरिन्ज अभाव हुँदा कोभिड विरुद्धको खोप कार्यक्रम प्रभावित हुने सम्भावना बढेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा मौज्दात सिरिन्ज सकिन लागेको जनाइएको छ । केन्द्रदेखि थप सिरिन्ज नआए कोभिडविरुद्धको खोप कार्यक्रम प्रदेश १ मा प्रभावित हुनसक्ने खतरा बढेको हो ।

२८ मङ्सिरमा प्रदेशका लागि ३ लाख ७७ हजार ८ सय ५० डोज भेरोसेल खोप आएको थियो । सो सङ्ख्यामा आएको खोपका लागि सोही बराबरको सिरिन्ज आवश्यक पर्दछ । तर, केन्द्रदेखि अहिलेसम्म भेरोसेल खोपको लागि सिरिन्ज नआएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका निमित्त कार्यालय प्रमुख शम्भु साहले जानकारी दिनुभयो । अहिले आपूर्ति केन्द्रमा मौज्दात ६० हजारको सङ्ख्यामा मात्र सिरिन्ज रहेको उनले बताए ।

३ लाख १७ हजार ८ सय ५० खोपका लागि सोही सङ्ख्यामा सिरिन्ज आवश्यक पर्ने निमित्त कार्यालय प्रमुख साहले बतउनुभयो । एक सातामा केन्द्रदेखि सिरिन्ज नआए कोभिड विरुद्धको खोप कार्यक्रम प्रभावित हुने बताइन्छ । मौज्दात सिरिन्ज ३-४ वटा जिल्लामा वितरण गर्दा सकिन्छ । केन्द्रमा सिरिन्ज अभाव भएको कारणले प्रदेशमा नआएको निमित्त कार्यालय प्रमुख साहले बताउनुभयो ।

सिरिन्ज अभाव हुँदा हाल ३ लाख १७ हजार ८ सय ५० डोज भेरोसेल खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा थन्किएको छ । सिरिन्ज अभाव भएको कारणले ठूलो सङ्ख्यामा आएको भेरोसेल खोप समयमै लगाउनबाट प्रदेशका नागरिक बञ्चित भएका छन् । प्रदेशमा आएको खोप मोडर्ना खोपका लागि पर्याप्त सिरिन्ज भए पनि भेरोसेल खोपको लागि सिरिन्ज अभाव देखिएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधिन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाईते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन