सुई खोई

सुई नहुँदा खोप कार्यक्रम नै प्रभावित

बिराटनगर/
प्रदेश १ मा कोभिड-१९ विरुद्धको खोपका लागि प्रयोग हुने सिरिन्जको चरम अभाव देखिएको छ । सिरिन्ज अभाव हुँदा कोभिड विरुद्धको खोप कार्यक्रम प्रभावित हुने सम्भावना बढेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा मौज्दात सिरिन्ज सकिन लागेको जनाइएको छ । केन्द्रदेखि थप सिरिन्ज नआए कोभिडविरुद्धको खोप कार्यक्रम प्रदेश १ मा प्रभावित हुनसक्ने खतरा बढेको हो ।

२८ मङ्सिरमा प्रदेशका लागि ३ लाख ७७ हजार ८ सय ५० डोज भेरोसेल खोप आएको थियो । सो सङ्ख्यामा आएको खोपका लागि सोही बराबरको सिरिन्ज आवश्यक पर्दछ । तर, केन्द्रदेखि अहिलेसम्म भेरोसेल खोपको लागि सिरिन्ज नआएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका निमित्त कार्यालय प्रमुख शम्भु साहले जानकारी दिनुभयो । अहिले आपूर्ति केन्द्रमा मौज्दात ६० हजारको सङ्ख्यामा मात्र सिरिन्ज रहेको उनले बताए ।

३ लाख १७ हजार ८ सय ५० खोपका लागि सोही सङ्ख्यामा सिरिन्ज आवश्यक पर्ने निमित्त कार्यालय प्रमुख साहले बतउनुभयो । एक सातामा केन्द्रदेखि सिरिन्ज नआए कोभिड विरुद्धको खोप कार्यक्रम प्रभावित हुने बताइन्छ । मौज्दात सिरिन्ज ३-४ वटा जिल्लामा वितरण गर्दा सकिन्छ । केन्द्रमा सिरिन्ज अभाव भएको कारणले प्रदेशमा नआएको निमित्त कार्यालय प्रमुख साहले बताउनुभयो ।

सिरिन्ज अभाव हुँदा हाल ३ लाख १७ हजार ८ सय ५० डोज भेरोसेल खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा थन्किएको छ । सिरिन्ज अभाव भएको कारणले ठूलो सङ्ख्यामा आएको भेरोसेल खोप समयमै लगाउनबाट प्रदेशका नागरिक बञ्चित भएका छन् । प्रदेशमा आएको खोप मोडर्ना खोपका लागि पर्याप्त सिरिन्ज भए पनि भेरोसेल खोपको लागि सिरिन्ज अभाव देखिएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सांसद अवस्थीको व्यंग्य : ‘दिल्ली सस्तो, सुदूरपश्चिम महँगो’

काठमाडौं,५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आकृति अवस्थीले नेपालका आन्तरिक उडानको हवाई भाडा अत्यधिक महँगो भएको भन्दै सरकार र एयरलाइन्स कम्पनीको ध्यानाकर्षण गराउनु

वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ

इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु

सुनसरी ,५ असोज । सुनसरीको इटहरी उपमहानगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार इटहरी–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने