एक क्वीन्टल चाँदीसहति एक ज्वेलर्स पक्राउ

मोरङको वरिाटनगर महानगरपालकिा-११ पचिरामा भारतीय नागरकिले सञ्चालन गरेको पशुपती ज्वेलर्समा सरकारी टोलीले छापा मारेर एक क्वन्टिल चाँदीका गहना बरामद गरेको छ ।

 

तीहारको धन्तेरसमा बक्रिी गर्नका लागि भारतबाट तस्करी गरी २०० कीलो सुनचाँदीका गहना वरिाटनगर भत्रिाएको सूचनापछी प्रहरी, प्रशासन, भन्सार र आन्तरकि राजस्व कार्यालयको संयुक्त टोलीले वीहीबार छापा मारेको थियो । भारतीय नागरकि वश्विजति जानाले सञ्चालन गरेको ज्वेलर्सबाट एक सय किलो मात्रै बरामद भएको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए । बिहीबार दउिँसो पसलबाट बरामद भएको गहना राति अबेर मात्रै जोखेर सकएिको थयिो ।

वरिाटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालका अनुसार रसायनसहति तौल लिँदा चाँदीका सामग्री तथा गहना ९९.९४६ कलिोग्राम थयिो । सुनका गहना १५३.८ ग्राम रहेको उनले बताए । काँचो चाँदी ७ सय ६० ग्राम पनि फेला परेको थियो । दाहालका अनुसार बरामद भएको सबै मालवस्तु राष्ट्र बैंकले गालेर परिणाम यकनि गर्नेछ ।

 

भारतको पश्चमि बंगालको मजलसिपुर घर भएकाले विराटनगर-११ पचिरा रोडमा पशुपति ज्वेलर्स सञ्चालन गर्दै आएका थएि ।

 

ज्वलेर्समा छापा मारेको सरकारी टोलीले चाँदीबाट बनेका पाउजू, ब्रासलेट, औंठी, दियो, करुवा, लोटा, मूर्ती, टीकादानी, प्लेट, माला, बाला, हातको पञ्जा, कम्मरपेटी, सिक्का, रिङ, लकेटलगायतका सामग्री छन् । सुनको मंगलसूत्र, चन्द्रमा, तलिहरी, टप, नेकलेस पनि छन् ।

 

ज्वेलर्समा छापा हान्दा बलि बीजक फेला नपरेपछि चाँदी तथा सुनका सामग्री र गरगहना बरामद गरएिको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए । चाँदी तथा सुनबाट बनेका सामग्रीको बिल देखाउन नसकेपछी ज्वेलर्सका सञ्चालक वीश्वनाथ जानालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको उनले बताए ।

 

भारतीय नागरिक वीश्वनाथ जानाले भारतबाट भन्सार छली गरेर तयारी गहना नेपाल ल्याउँदै ज्वेलर्समा राखेर वीराटनगर, इनरुवा, धरान, इटहरी, विराटचोक, उर्लाबारीलगायत स्थानका पसललाई सप्लाई गर्ने गरेको प्रहरीको दाबी छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रुखबाट लडेर झापामा एक जनाको मृत्यु

झापा, १० माघ । रुखबाट लडेर झापा गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बिहान १०ः३० बजे झापा गाउँपालिका वडा न.६फुलगाछी बस्ने

फेरिएको दमक बजारको चमक

दमक ९ माघ । पाँच–छ वर्ष अगाडि दमकको अवस्था सम्झिँदा आज पनि धेरैको मन भारी हुन्छ। धुलाम्मे सडक, अव्यवस्थित बजार, जताततै भीड र दुर्घटनाको डर।

दमक क्याम्पसमोडबाट आम्दा जाने सडकले दिएको सहजता

दमक,९ माघ।घरबाट बाहिर निस्किएपछि हरेक व्यक्तिको गन्तव्य सडकसँग जोडिएको हुन्छ। विद्यालय जाने विद्यार्थीदेखि कार्यालय जाने कर्मचारीसम्म, सबैको दिनको सुरुवात सडकबाट नै हुन्छ। सडक व्यवस्थित भयो