सुनसरीका कृषक आलु खेती लगाउनतर्फ व्यस्त भएका छन् । जल्लिा सदरमुकाम इनरुवासहित भोक्राहा नरसींह, कोशी, हरनिगर, देवानगञ्ज, गढी, बराहक्षेत्र, दुहबी धरानलगायत स्थानमा बसोबास गर्ने किसान दसँै सकएिसँगै आलु खेती गर्नेतर्फ व्यस्त भएका हुन् ।
इनरुवाका किसान गौरी यादवले दसैँअगाडी धान बाली भत्रिाएपछि अहिले आलु रोप्नका लागि चटारो रहेको बताउनुभयो । हरिनगरका चन्दन मेहताले भन्नुभयो “ आलु रोप्न भ्याइनभ्याइ छ ।”
यहाँका कृषकले हिउँदे बालीका रुपमा मुख्यतः आलुखेती नै गर्ने गरेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल शिंहले जानकारी दिनुभयो । आलुको माग बजारमा उच्च भएपछि किसान थप व्यावसायिक रूपमा आलु खेतीमा लाग्ने गरेको स्थानीय कृषकले बताएका छन् । जल्लिामा एउटा किसानले एक कट्ठादेखी पाँच बघिा क्षेत्रफलसम्म आलु खेती गर्ने गरेको छ ।
विगतमा परम्परागत पुरानो आलुको बीउ लगाउँदै आएको किसान अहिले नयाँ जातको बीउ लगाउन थालेका छन् । यहाँका किसानले मुख्यतः काडिनल, जनक, कुफरी जपी, भुटानि, सठीया, टीपिएस लगायतका जातका आलु लगाउने गरेको ज्ञान केन्द्र सुनसरीका प्रमुख सींहले जानकारी दीनुभयो । यहाँको आलु सदरमुकाम इनरुवा हुँदै अन्य मुख्य तरकारी बजारमा बिक्री हुने गरेकाले बजारको अभाव नरहेको कृषकको भनाइ छ ।
यहाँ वार्षकि रुपमा तीन हजार हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख सिंहले जानकारी दनिुभयो ।