गैरिगञ्ज खण्डको कमल वेनयानी नदिमा तटबन्धन बनाउन सुरु

दमक/
झापाको पश्चिम दक्षिण तर्फ रहेको गौरिगञ्ज गाउँपालिका बाढि तथा डुबानको जोखिममा पर्ने क्षेत्र हो । यहाँ खास गरि रतुवा नदिले बढि दुख दिने गर्छ ।
योसँगै यहाँ रहेका अनय स-साना नदिहरुमा आएको भेलका कारण पनि सिमावर्ती बस्ति र खेतीयोग्य जमिनको बिनास गर्ने गरेको छ ।

यस्तै हरेक वर्ष विनास गर्दै आएको कमल वेनियानी .खोलामा आउने बाढिले पनि यस क्षेत्रका नागरिकले त्राहिमामको जीवन जीउन बाध्य भएका छन् । हरेक वर्ष यसमा आउने बाढिले यस क्षेत्रको खेतियोग्य जमिन बगरमा परिणत गरिदिएका कारण किसानले कष्ट बिहोरिरहनु परेको छ ।

यही समस्यालाई मद्यनजर गरेर यहाँ संघिय सरकारको बजेटबाट जनताको तटबन्धनको कार्यालय गैडे मार्फत यहाँ बाँध बाँध्ने कामको सुरुवात भएको छ ।
खास गरि वडा नं १ को क्षेत्रमा पर्ने कमल वेनियानी खोलाको पुलको उत्तर पट्टि करिब २ सय ५० मिटर तटबन्धन गर्न लागिएको वार्ड नं. १ का वडा अध्यक्ष कार्तिक लाल राजवंशीले जानकारी दिनु भयो ।

वर्षेनी खोलामा आएको बाढीले खोलाको पूर्वी धारतिर भईरहेको कटान रोक्न र वस्तीलाई पर्न सक्ने थप क्षतिबाट जोगाउन तटबन्धन गर्न माग गरिएकोले अहिले यसको काम सुरुवात भएको राजबंशीले बताउनु भयो ।

Share:

Facebook
Twitter
Email
WhatsApp