छैट अघीनै निर्माण गरिसक्ने रतुवाको छैट घाट कस्तो बन्दै छ ?

दमक/

तराईका नेपालीहरुले हर्षोल्लास पूर्वक मनाउने पर्व हो छैट । नजिकैको खोला, तलाउ तथा नदि किनारमा गएर अस्ताउदो सुर्यलाई अर्घ दिएर रातभरी जागरम बसी बिहानको उदाउँदो सुर्यलाई फेरि अर्घ दिएर यो पर्व मान्ने गरिन्छ ।
अर्थात नदि तथा तलाउँमा गएर रातभरी पुजा , भजन तथा अन्य धार्मिक यो पर्व मान्नकालागि अधिकांश ठाउँमा सहज संरचना छैन ।
खोला तथा नदिमा जाने बाटो तथा पुजा गर्ने ठाउँ समेत असुरक्षीत हुँदा जोखिमपूर्ण तरिकाले हरेक वर्ष यो पर्व मनाउने गरिएको छ ।
अन्य पर्वहरु मनाउन विभिन्न मन्दिरहरु छन् । पुजा गर्ने स्थलहरु बनाइएको छ । थानहरुको निर्माण भएका छन् । तर छैट पुजा गर्न भने दमकमा अहिले सम्म कुनै पनि संरचना निर्माण गरिएको छैन ।
यही अभावलाई मद्यजनर गरेर यो पटक चाहि रतुवा नदिमा एउटा संरचना निर्माण गर्ने काम अहिले धमाधम भइरहेको छ ।
पहिलो चरणमा कम्तिमा खोलामा पुगेछि घाट सम्म झर्न र ओर्लन सहज होस भनेर पाँच वटा सिडि बनाउने काम अहिले द्रुत गतिमा चलिरहेको छ ।
दमक नगरपालिका वडा ६ कि वडा सदस्य तथा कार्यपालिका सदस्य बिना शाह भन्नु हुन्छ यो सुरुवात भएको छ । यसले रतुवाको माथील्लो भाग सम्मनै पुग्ने गरि निरन्तर्ता पाउने छ । अन्य संरचनाहरु प्नि क्रमश निर्माण गर्दै जाने छौ ।

दमक ७ को पूर्व पट्टि , रेडक्रस भवनको ठीक पछाडी पट्टि अहिले छैट घाट निर्माण स्थल जाने मार्ग बनिरहेको छ । पुजा गर्न आउने भक्तजनहरुको सहजताकालागि यहाँ अहिले सिडि र पुजाका सामाग्री राख्न मिल्ने गरि घाट सम्याउने सम्मको काम नगरपालिकाको तर्फबाट हुने नगरका पूर्वाधार विकास समिती संयोजक तथा वडा नं ७ वडाध्यक्ष भीम पौडेलले बताउनु भयो ।

यहि महिनाको गत १२ गते उपभोक्ता समिती मार्फत काम गर्न दमक नगरपालिकामा सम्झौता भएको थियो । नगरपालिकाले १० लाख र नगर प्रमुख तथा उप प्रमुख कोषबाट २–२ लाख थप गरि १४ लाख रुपैँया बजेटमा यहाँ अहिले छैट पुजा निर्माण स्थल बनिरहेको छ । यसमा उपभोक्ता समितीको पनि ३ लाख २२ हजार रुपैँया लगानी रहेको निर्माण स्थलमा टासिएको सुचना बोर्डमा उल्लेख गरिएको छ । सम्झौतामा भने चैत्र ३० गते सम्ममा काम सम्पन्न गर्ने भनीएका भएतापनि यही छैट अघी यो काम सक्ने गरि काम भइरहेको छ ।

(भिडियोमा हेरौ)

 

Share:

Facebook
Twitter
Email
WhatsApp