५४ साल देखी निरन्तर वडाध्यक्ष बनेका पौडेललाई प्रश्न २५ वर्षमा केके परिवर्तन गर्नुभयो ?(भिडियोमा हेरौ)

दमक/
झापाको दमक नगरपालिकाको साविक वडा नं १२ र हालको ७ । यहाँ २०५४ साल देखी निरन्तर अहिले सम्म पनि वडाध्यक्ष बनिरहनु भएका व्यक्तिको नाम हो भीम प्रसाद पौडेल ।

राष्ट्रिय प्रजातन्त्र पार्टिका एक प्रभावशाली नेताका रुपमा परिचती पौडेलको हक्की स्वभाव र सिघ्र निणर्य लिने क्षमताका कारण पनि यहाँका नागरिकले उहाँलाई निर्वाचित गराइरहेका छन् ।

प्हिलो पटक निर्वार्चीत हुँदा पनि उहाँ त्यसबेलाको नगरपालिकाले बनाएको भौतिक पूर्वाधार समितीको संयोजक हुनुभएको थियो ।

त्यहि बेला दमकको दमकको चक्रपथ तथा अन्य ठुला सडकहरुको रेखाङन गर्ने काम गरेको बताउँदै उहाँ भन्नु हुन्छ ‘त्यसबेला हामीले दमकका सडक कस्ता र कत्रा बनाउने भनेर परिकल्पना नगरेको भए सायद अहिले दमकमा यत्तीको फराकिला सडक बन्न मुस्किल थीए ।’

त्यसो त यो २५ वर्षको अवधिमा दमकमा र तपाईको आफ्नै वडामा के परिवर्तन ल्याउनु भयो त भन्ने उज्यालोको प्रश्नमा वडाध्यक्ष पौडेल भन्नु हुन्छ ‘पूर्वाधारको जग बसाइएको छ, भूमिहिनहरुले धनीपुर्जा पाउने चरणहरु सुरु भएका छन्, सार्वजनिक जमिनको संरक्षण भएको गरिएको छ । ’ अन्य कामहरु नियमती तरिकाले हुने बताउँदै विकास भनेको पूर्वाधार बन्नुनै हो भन्ने मात्रैको सोचाईमा परिवर्तन ल्याउन थालीएको पनि उहाँले बताउनु भयो ।

भिडियोमा हेरौ

(3) दमक ७ का वडा अध्यक्ष भिम पौडेल ०५४ देखि हाल सम्म निरन्तर निर्वाचित , २५ वर्षमा के आयो त सुधार? – YouTube

Share:

Facebook
Twitter
Email
WhatsApp