सडक सुरक्षा र डुबानबाट जोगाउन सडकको दुवै किनारमा ड्रेन निर्माण

दमक/

हरेक वर्षको बर्खायाममा रतुवा नदिको पानीको बहाव दमक नगरपालिका वडा नं ७ स्थित रिङ रोड क्षेत्रमा हुने गर्दथीयो ।
नागरिकले सास्ती पाउथे । दुख थियो । डुबानको । घरमा पानी पस्ने । पानीका कारण आफ्नै घर भित्र पनि बस्न सकस हुने गर्दथीयो ।
खोला करिव २ सय मिटर पूर्वमा छ । खोलामा बाँध त बाधीएको छ । तर पूणर् छैन । भर्डखालो कतिबेला कसरी पस्छ कसैले पत्तै पाउँदैनन । अनी आकाशबाट पर्ने पानी बगेर जाने ठाउँ छैन । जमेर दह बनी त्यहि रहन्छ ।
यस्ता समस्या र दुख भोग्दै आएका यो रिङरोड क्षेत्रका बासिन्दाकालागि भने अहिले केहि खुसीको काम हुन थालेको छ ।
दमक नगरपालिकाले सडक बिभागसँग समन्वय गरेर यो सडकको दुवै तर्फ पक्की ड्रेन निर्माणको काम अहिले धमाधम गरिरहेको दमक नगरपालिकाको भौतिक पूर्वाधार विकास समिती अध्यक्ष तथा वडा नं ७ का वडाध्यक्ष भीम प्रसाद पौडेलले बताउनु भयो ।

वर्षेनी घर डुबान हुने । पक्की सडक छ । तर पानी जमेर सडक कहाँ छ भनेर खोज्नु पर्ने परिस्थितीको अन्त्य गर्न पनि यो कामले मद्यत पुर्याउने विस्वास वडाबासीको छ । यसले सुरक्षीत बसोबासको स्थिती निर्माण गर्ने वडाध्यक्ष पौडेलले जानकारी दिनु भयो ।

दमकको लेखनाथ चोक देखी श्रीपाली चोक सम्मको यो सडक खण्डमा अहिले ड्रेन निर्माणको काम धमाधम भइरहेको छ।
सगमाथा कन्ट्रक्सनले ८८ लाख ६० हजार ७ सय ६१ रुपैँयाको बजेटमा यसको निर्माण कार्य धमाधम गरिरहेको छ ।
गत असोज महिनाको १८ गते अर्थात २०८०/०६/१८ गते सम्झौता भएको यो योजना आगामी वर्षको अर्थात २०८१ असार २० गते सम्म सम्पन्न गरिसक्ने गरि कन्ट्रक्सन कम्पनीले सडक बिभागसँग सम्झौता गरेको छ ।

भिडियोमा हेरौं

 

Share:

Facebook
Twitter
Email
WhatsApp