नापी कार्यालय, भद्रपुर, झापामा कार्यरत सर्वेक्षक देव नारायण ठाकुरसहित तीन जनाविरुद्ध एक लाख २५ हजार रुपियाँ भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तीयार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता भोला दाहालका अनुसार उनीहरुले ७० हजार रुपियाँ र ५५ हजार रुपियाँको चेकसहित घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको क्रममा सर्वेक्षक ठाकुरसहित सुवाष चन्द्र यादव र विचौलिया यादवले आपसी मिलेमतो र योजनामा जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गर्न गराउनको लागि सेवाग्राहीसँग सो रकम भ्रष्टाचार गरेको आरोप लागेको आयोगले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम तीन जनाविरुद्ध सजाय हुन मागदाबी लिइ शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।