देवेन्द्र दाहालको प्रश्न : ‘चिहानमा गइसकेको राजतन्त्र फेरी फर्कन सक्छ ?’ (भिडियोमा हेरौ)

दमक/
राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले अहिले व्यवस्था विरुद्धनै धावा बोल्ने काम सुरु भएकोले त्यसका विरुद्ध एकजुट हुनुपर्ने बेला भएको बताउनु भएको छ ।

 

झापाको दमकमा प्रेस चौतारी नेपाल माई पश्चिम झापाले आयोजना गरेको चार्डपर्व लक्षीत सुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै उहाँले जनताको त्याग र संघर्षबाट स्थापीत व्यवस्थाका विरुद्धमा बोल्नेहरु सल्बालाएपनि कमजोर भने नहुने उल्लेख गर्नु भयो ।

 

‘चिहानमा गइसकेको राजतन्त्र फेरी फर्कन सक्छ ?’ भनेर प्रश्न गर्दै उहाँले जनताको चाहना र इच्छा बुझेर तत्कालीन राजाले आफै गद्धी छाडेको हुनाले फेरि त्यहि व्यवस्थाको पक्षमा आवाज उठीरहेको हुनाले सचेत रहन पनि उहाँले अनुरोध गर्नु भएको छ।

 

‘अहिले केहि पार्टिका केहि नेता गलत भए होलान , तर के त्यसको मतलव पुरै व्यवस्थानै खराव हो त ?उहाँले प्रश्न गर्दै भन्नु भयो ‘ यसले लोकतन्त्र र गणतन्त्रमाथी ठुलो प्रहार गरिरहेको छ । यसको संरक्षण गर्नकालागि अहिले राष्ट्रिय स्तरबाटै एक सवल नेतृत्वको खाँचो देखिएको छ । ’

 

राष्ट्रियसभाको नेकपा एमालेको संसदीय दलको नेता तथा नेकपा एमालेको स्थानिय तह विभागका प्रमुख समेत रहनु भएका दाहालले लोकतन्त्र र गणतन्त्रको सस्थागत संरक्षण गर्न अव राष्ट्रियरुपमा नेकपा एमाले अघी बढ्ने र यसको नेतृत्वमा पनि एमालेले गर्ने उहाँले उल्लेख गर्नु भयो ।

भिडियोमा हेरौ

‘चिहानमा गइसकेको राजतन्त्र फेरी फर्कन सक्छ ?’ Devendra dahal – YouTube

 

Share:

Facebook
Twitter
Email
WhatsApp