दमक/
दमक नगरपालिकाका नि वर्तमान प्रमुख रोमनाथ ओलीले दमकका मेलाका नाममा जुवातास खेल्न दिइएको बताउनु भएको छ ।
आज शनिबार झापाको दमकमा प्रेस चौतारी नेपाल माई पश्चिम क्षेत्रीय कमिटीले पर्व लक्षीत शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
आफुहरु नगरको नेतृत्वमा रहेका बेला यस्ता मेलाहरुले विकृती ल्याउने भन्दै लगाउनै नदिएको तर अहिले यस्ता काम वर्षेनी हुने गरेकोमा उहाँले चिन्ता प्रकट गर्नु भयो ।
नाम पो मेला छ त तर त्यो भीत्र जुवा तास खेलाइएको हुन्छ । विभिन्न अपराधीक गविविधी भइका हुन्छन । यस्ता गतिविधि रोक्नु पर्ने बेलामा उल्टै नगरपालिकाको संरक्षत्वमा यसखाले काम भइरहेको छ । ’ ओलीले उल्लेख गर्नु भयो ।
भीडियोमा हेरौ ।