दमक/
झापाको दमकमा सामाजीक सद्ध्भाव र एकता स्थापना कायम गर्न भन्दै मैत्रीपूणर् फूटसल आयोजना गरिएको छ ।
दमकका रहेका विभिन्न सघं सस्थ, राजनैतिक दल, व्यवसायी, जनप्रतिनिधी, कर्मचारी, पत्रकार, शिक्षक, प्राध्यापक लगायत सबै क्षेत्रलाई एकै मैदानमा उतारेर सामाजीक एकता र सद्धभावकालागि दमक ‘एक’ छ है भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको यसका संयोजक भोषु थुलुङ्गले बताउनु भयो ।
तिहार पर्वलाई लक्षीत गरेर आयोजना गरिएको यो प्रतियोगितामा पुरस्कार पनि निकै गज्जव जज्जवका छन् ।
पहिलो पुरस्कार खसी, दोस्रो पुरस्कार चिउरा भुजा र तेस्रो पुरस्कार पेय पदार्थ । पुरस्कार यस्तो राख्नुको उद्धेस्य प्रतियोगीता जस्ले जीतेपनि त्यो पुरस्कारको सदुपयोग चाहि सामुहिक तथा सबैले गर्ने गरिको राखीएको संयोजक थुलुङले उल्लेख गर्नु भयो ।
यस प्रकारको पुरस्कार देखेर दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रशाई पनि अचम्ममा पर्नु भयो ।
अहो पुरस्कार पनि यसरी वितरण गर्दा हुने रहेछ त भन्ने उहाँमा लाग्यो ।
फुटसफ प्रतियोगिताको उद्धघाटनमा बोल्दै उप प्रमुख भट्टराई भन्नु हुन्छ ‘यो प्रतियोगीता जीत जीतको भावना स्थापीत गराउन गरिएको रहेछ । यसले सामाजीक एकता र सद्धभाव बढाउन मद्यत पुग्छ ।’
यो प्रतियोगीता बिहानको समयमा भेटघाट हुने र दौडीदै शारिरिक स्फुर्ती गर्ने दमकका यूवाहरुको सकृयतामा भएको हो । यसलाई उनीहरुले सिक्स ओक्लक नाम दिएका छन् ।
उप प्रमुखले कार्यक्रममा दिएको मन्तव्यको भिडियो हेरौ ।