दमक/
सिक्स ओक्लकले आयोजना गरेको फुटसल प्रतियोगीतामा उपाधीकालागि आयोजक र दमक नगरपालिकामा कार्यरत कर्मचारीहरुको समुह भिड्ने भएका छन् ।
दमक ९ स्थित रणभूमि फूटसल मैदानमा भएको प्रतियोगितामा दमकमा रहेका विभिन्न ८ वटा सघं सस्थाहरुले सहभागीता जनाएका थीए ।
पहिलो चरणका खेलहरुपछि सेमिफाईनलको खेलमा आफ्ना प्रतिद्धन्दी समुहहरुलाई पराजीत गर्दै आयोजक र नगरका कर्मचारी समुह फाईनलमा पुगेका हुन ।
फाईनलमा पुग्नलागि आयोजकले इलाका प्रहरी कार्यालय दमकको टिमलाई ६-३ गोल अन्तरको जीत निकालेको थियो भने नगर कर्मचारीको समुहले दमक उद्योग वाणिज्य सघंको समुहलाई ४-१ गोल अन्तरले जीत निकालेको थियो ।
फाईनल खेल आईतबार दिनको १ बजे हुने छ । प्रतियोगिताको बिजेताले खसी उपहार पाउने छ भने उप बिजेताले चिउरा, भुजा, तथा पेय पदार्थ पाउने छ ।
दमक नगरमा रहेका बिभिन्न सघं सस्थाहरु बिचको ऐकवद्धता तथा सद्धभावकालागि यो प्रतियोगिता आयोजना गरिएको खेल संयोजक भोषु थुलुङले जानकारी दिनु भयो ।
प्रतियोगिताको उद्धघाटन दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले गर्नु भएको थियोा ।
उद्धघानका क्रममा उप प्रमुखले दमकमा सद्धभाव र एकता कायम गराउन यस्ता प्रतियोगीता महत्वपूणर् सावित हुने भन्दै आयोजकको प्रषंषा गर्नु भएको थियो ।
सो मन्तव्यको भिडियो यहाँ राखीएको छ ।