दमक/
नेपालमा अहिले बलियो खाले राष्ट्रिय शक्ति आवश्यक परेको राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले औल्याउनु भएको छ ।
झापाको दमकमा प्रेस चौतारी नेपाल माई पश्चिम क्षेत्रीय कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।
अहिले देशको व्यवस्थामाथी मात्रै प्रहार भइरहेको छैन, विदेशी शक्तिहरुको हावि भएर देश विखण्डन गर्ने अनेक तत्वहरुको सकृयता समेत देखिएको उहाँको टिप्पणी छ ।
छिमेकीले समेत अहिले नेपालको सिमानाकाान जमिन हडप्ने काम गरेकोले त्यसका विरुद्धमा आवाज उठाउन र पराष्त गर्न शशक्तखाले राष्ट्रिय शक्तिको आवश्यकता रहेको उहाँको भनाई छ ।
यसकालागि नेकपा एमाले अव राष्ट्रिय शत्ति बन्ने गरि तयारी गरिरहेको पनि उहाँले जानकारी दिनु भयो ।
केहि दिन अघी कानुन निर्माण सम्बन्धको कार्यक्रममा लुम्बीनी प्रदेशमा सहभागी हुन जाने क्रममा त्यहाँको सिमानाका समेत अवलोकन गर्न पाएको बताउँदै दाहाल भन्नु हुन्छ ‘त्यो क्षेत्रका अधिकांस ठाउँमाहरुमा भारतले नेपाली भूमि मिचेको छ । तर नेपालको अहिलेको प्रशषन र सरकार चुइक्क बोल्न र मिचिएको भूमि फिर्ता लिन कुनै कदम चाल्न सकिरहेको छैन । ’
यसै कारणले पनि अहिले नेपालमा शशक्त राष्ट्रिय शक्ति आवश्यक परेको बताउँदै यो शक्ति एमाले बाहेक अन्य दल बन्न नसक्ने पनि उहाँले दावि गर्नु भयो ।
संसदमा सांसदको हिसावमा नेपाली काग्रेस पहिलो पार्टि भएपनि यो आफ्नै प्रयासमा नभएको र अर्काको फेरो मात्रै समातेर चुनाव लड्ने भएकोले नेपाली काग्रेस यो खाले शक्ति बन्न नसक्ने उहाँको भनाई छ
भिडियोमा हेरौ ।