सिक्स ओक्लक फुटसल, आयोजकले जीत्यो उपाधी, जीत्यो खसी

दमक/
सिक्स ओक्लक क्लव दमकले आयोजना गरेको दुई दिवसीय फूटसलमा आयोजक बीजयी भएको छ ।

झापाको दमक ९ स्थित रणभूमि फूटसल मैदानमा भएकोमा फाईनल खेलमा दमक नगरपालिकाका कर्मचारीको समुहलाई हराउँदै आयोजकले उपाधी जीतेको हो ।

दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले उद्धघाटन गरेको फाईनल खेलमा आयोजकले कर्मचारीलाई ३-७ गोलअन्तरले जीत निकालेको थियो ।

प्रतियोगिताको बिजेता बनेको आयोजकले खसी उपहार जीतेको छ भने फस्र्ट रनर अप भएको दमक नगरपाकिलाको कर्मचारी समुहले चीउरा, भुजा तथा विभिन्न पेय पदार्थ प्राप्त गरेको छ ।

दमकमा रहेका विभिन्न ८ वटा सघं सस्था, राजनैतिक दल, पत्रकार, प्रहरीहरुले प्रतियोगीतामा भाग लिएका थीए ।

प्रतियोगीतामाको समापन कार्यक्रमका क्रममा फूटलका राष्ट्रिय खेलाडीहरु कुमार गिरी, भीम चम्लागाई, सेसेहाङ आङ्गदेम्वे र सुसन भण्डारीलाई सम्मान समेत गरिएको थियो ।

दमकेलीहरुमा एकता र सद्धभाव कायम राख्नकालागि यो प्रकारको प्रतियोगिता गरिएको आयोजक सिक्स ओक्लकका अध्यक्ष केशव थापाले जानकारी दिनु भयो ।

Share:

Facebook
Twitter
Email
WhatsApp