२० भन्दा बढिलाई घाईते बनाएको उर्लाबारीको आगलागी कसरी भएको थियो ?

उर्लाबारी/

हिजो राती लक्ष्मी पुजाको रौनक सबैतीर थियो । रातमा झिलीमिली बत्ती र फूलले सजिएका दृष्यले सबैको ध्यान तानीरहेको थियो ।

दीपावलीको उज्यालोमा सबै रमायने क्रममा मोरङ उर्लाबारी ७ का दीपक कार्कीको घर तथा सुन पसलमा पनि उज्यालो बालीएको थियो ।

दियोमा तेल हालेर बालीएकोले घर निकै उज्यालो थियो । तर क यही उज्यालोले दीपकको घरमा एकाएक अध्यारो बनाइदियो ।

रातको बरिव १० बजेतिर उनको घरमा त्यहि दियोका कारण आगोलाग्यो । यसले अहिले सम्म कुनैपनि मानवीय क्षती नगरेपनि २० जना भन्दा बढिलाई घाईते भने बनाएको छ ।

घाइते भएकाहरूको विराटनगर र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भई रहेको छ ।

लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरीसहित घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूमध्ये ९ जनालाई विराटनगर, र १० जनलाई झापाको बिर्तामोडमा उपचारका लागि पठाइएको छ ।

सुन पसलभित्र आगलागी भएपछि घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयले सटर खोल्दा आगोले पोलेर घाइते उनीहरू घाइते भएका थिए । घाइते मध्य केहीको अवस्था गम्भीर छ ।

घटनाबारे विस्तृत विवरण आउन समय लाग्ने मोरङ प्रहरीले जनाएको छ ।

आगो लागेको करिब ३ घण्टापछि मध्यरात १२ बजे नियन्त्रणमा आएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp