आज कतै वर्षा कतै हिमपात पर्दै

दमक/
जल तथा मौसम विज्ञान विभागले हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । वायुको प्रभावका कारण मुलुकका केही भूभागमा आज हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।

 

विभागका अनुसार अहिले बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागको मौसम सफा रहेको छ ।

यस्तै, आज दिउँसो मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली हुनुका साथै बाँकी भूभागमा मौसम सफा रहनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

राति सुदूरपश्चिम, कणर्ाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp