दमक बिजनेश(भ्यू) टावर, सरकारले समयमा भुक्तानी नगर्दा लागतमै ९ करोड बढ्यो

दमक/
दमकमा बनिरहेको बिजनेश(भ्यू) टावर अहिले सर्वत्र चर्चामा छ । यसको निर्माणको सवल पक्षलाई लिएर होस अथवा विरोधबाट । यसले दमकलाई जोडेर चार्चामा ल्याइरहेको छ ।

यसलाई व्यवसायीक पल्टी प्रपोज तरिकाले प्रयोग गराउने र पूर्वि नेपालमै आर्थिक चलायमान बनाउने उद्धेस्यकासाथ एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एक सय मिटर अग्लो १८ तले भ्युटावर निर्माणका लागि २७ असार ०७६ मा ठेक्का लागेको थियो ।
२७ पुस ०७८ मा सक्ने गरी चनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले एक अर्ब ५६ करोड १४ लाख ३९ हजार एक सय ६४ रुपैयाँमा ठेक्का लिएका थिए ।

तर हाल यो योजनाको लागत बढेर एक अर्ब ६५ करोड पुगेको सघन सहरी तथा भवन निर्माण कार्यालय झापाले जनाएको छ ।
सरकारले समयमा भुक्तानी नदिएका कारण पटक पटक म्याद थपीरहनु परेको छ । जती म्याद थपीन्छ त्यहि अनुसार खर्चपनि बढ्दै जाने भएकोले यसको लगात पनि बढेको कार्यालयले जनाएको छ ।

भ्युटावर सम्पन गर्नका लागि मंसिर अन्तिमसम्म समय थपिएको छ । यद्यपि, उक्त समयमा काम नसकिने सघन सहरी तथा भवन निर्माण कार्यालय झापाका प्रमुख सुदीप पौडेलले जानकारी दिए ।

‘मंसिरसम्म सक्ने गरी म्याद थपिएको थियो । तर, सरकारले कामको भुक्तानी गर्न सक्ने अवस्था छैन । भुक्तानी गर्न सक्दा मंसिरमै सकिन्थ्यो । पैसा नभएका कारण काम रोकिन्छ भन्ने लागेको छ,’ उनले भने, ‘योजना समापन गर्न अर्थ मन्त्रालयले नै पैसा नपठाएपछि योजना सक्न एक-दुई महिना थप लाग्छ ।’

भ्युटावर निर्माणको काम समयमा नसकिएपछि तीनपटक म्याद थपियो । अब मंसिर मसान्तसम्म समय छ । भ्युटावरको भित्री काम लगभग सकिएको सघन सहरीले जनाएको छ ।

९० प्रतिशत काम सकियो

निर्माणाधीन भ्युटावरको काम ९० प्रतिशत सकिएको छ ।भ्युटावरको वित्तीय प्रगति पनि करिब ९० प्रतिशत नै भएको कार्यालयले जनाएको छ ।

भ्युटावरका केही भित्री कामबाहेक बगैँचा तथा पार्क निर्माणको काम रहेको सघन सहरी तथा भवन निर्माण कार्यालय झापाका भ्युटावर हेर्ने परियोजना इन्जिनियर भूपेन्द्रकुमार यादवले जानकारी दिए । ‘भवनको मुख्य काम सकियो । अब फिनिसिङ बाँकी छ । बगैँचा तथा फुटपाथ निर्माणको काम बाँकी छ,­’ उनले भने, ‘मुख्य भवनमा इलेक्ट्रिकल सेनिटरीको काम बाँकी छ ।’

कस्ले चलाउने भन्नेमा दुविधा

दमकको यो भ्युटावर निर्माण सुरु हुँदा स्थानीय तहलाई हस्तान्तरण गर्ने योजना रहेको सघन सहरी तथा भवन निर्माण कार्यालय झापा प्रमुख सुदीप पौडेलले जानकारी दिए । तर, हाल कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि बनिनसकेकाले स्थानीय तहलाई सञ्चालनका लागि दिने-नदिने टुंगो नलागेको उनले बताए ।

‘मन्त्रालयले यसलाई कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि बनाउँदै छ । योजना सुरु हुँदा स्थानीय तहलाई हस्तान्तरण गर्ने मोडालिटीमा गएको थियो,’ उनले भने, ‘बीचमा भ्युटावर र सभाहल कसरी सञ्चालन गर्नेबारे मन्त्रालयले तयारी गर्दै छ ।

यहाँबाट अन्तिम टुंगो नलागेसम्म केही भन्न सकिँदैन ।’यस्तै, भ्युटावरलाई केमा प्रयोग गर्ने भन्ने पनि टुंगो लागेको छैन । यद्यपि, यसलाई बिजनेस सेन्टरको रूपमा प्रयोग गर्ने चर्चा गरिँदै आएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp