भूमिराज पराजुली/
देशभरीका नेपाली सिनेमा घरहरुमा लागीरहेको छ चलचित्र ‘दिमाग खराव’बलिउड चलचित्र टाईगर थ्री’सँग कडा प्रतिस्पर्धा गरेर चलिरहेको यो चलचित्रमा अहिलेको व्यवस्थामा एउटा झुपडीको आम सर्वसावधरण पनि सरकारको प्रमुख बन्न सक्छ भन्ने उदाहरणलाई देखाएको छ ।
अहिले लोकतान्त्रीक गणतन्त्रनै बिफल भयो । यसबाट जनता आजीत भए, भनेर गरिएको टिप्पणीलाई चलचित्र ‘दिमाग खराव’ले नमज्जाको चड्कन दिएको छ ।
वर्तमान व्यवस्थामा केहि नेता वा व्यक्ति खराव हुदा पुरै व्यवस्थाका विरुद्धमा अहिले टिप्पणी गर्न थालीएको छ । तर त्सो गर्नु भन्दा पनि व्यक्ति परिवर्तन गरि त्यो भन्दा माथी मर्म बुझ्ने सामान्य नागरिक पनि सरकारमा पुग्न सक्छ भनेर यसले सन्देश दिएको छ ।
केहि ठुला भनिएका राजनैतिक दलका केहि नेताहरुमा देखिने अहमता, घमण्ड र कमिसिनको चक्करका विरुद्ध जनता चर्को व्याज सहित असुल गर्न तयार भइहाल्छन् भन्ने कुरा यसले देखाएको छ ।
चलचित्रमा जसरी अभावको जीन्दगीले परदेशीन बाध्य भएका इन्द्र शर्मा(खगेन्द्र लामिछाने) र बिना चप्पल एयरपोर्ट पुगेर भिषा नभएपछि फर्कर्नु परेको अवस्था । अनी यो परिस्थिती सिर्जना गेर्न आफ्नै सरकारको प्रमुखको प्रवृत्तिले चलचित्रलाई शशक्त बनाएको छ ।
चलचित्रमा जसरी कथाहरु बगेका छन् । पात्रहरुले अभिनय गरेका छन् । जसरी जनतामा बिद्रोह जागेको छ । त्यसका विरुद्धमा साम दाम दण्ड जेजे आएपनि परास्त गर्न सक्ने शक्ति लोकतान्त्रीक गणतन्त्रको व्यवस्थामा छ भन्ने कुरालाई बुझाएको छ ।
यदी यहाँ लोकतन्त्र नभइएको भए के इन्द्र शर्माले हरि प्रसाद(अर्पण थापा)लाई उनैले आयोजना गरेको कार्यक्रममा गएर चप्पलले थप्प्पड हान्न सक्थे ? उनकै मञ्चबाट उनैकै विरुद्धमा स्वतन्त्र मेयर पदको उम्मेदवारी घोषणा गर्न पाउथे ? यी सबै अधिकार लोकतन्त्रले उपलब्ध गराएको हो ।
यदी यो व्यवस्था थीएन भने समाजमा हरि प्रसाद र यसका सन्तानको मात्रै रजगज सँधै झेलीरहनु पर्ने थियो । इन्द्र शर्मा जस्ता पात्रहरु समाजमा सँधै उपेक्षीत र विप्पन्न भएर मात्रै बसिरहनु पथ्र्यो ।
त्यसैले अव अहिले व्यवस्था विरुद्ध बोल्नेहरुका विरुद्ध इन्द्र शर्मा जस्ता आम सर्वसाधरणले फेरि एक पटक जुर्मुराउनु पर्ने छ ।
व्यवस्थाको एकल फाइदा कसैले लिइरहेका छन् भने त्यसलाई परास्त गर्न फेरि सबैजना एक पटक जुट्नै पर्छ भन्ने सन्देश पनि यो चलचित्रले दिएको छ ।