छैट पर्वमा नदिमै गएर सुर्यलाई अर्घ दिनुको कारण के ?(भिडियो सवाल/जवाफ)

 

दमक/

छैट पर्व भन्ने बित्तिकै अस्ताउदो र उदाउदो सुर्यलाई अर्घ दिएर मनाइने पर्व हो भन्ने सबैकोको मनसपटलमा छाउछ ।

 

हिन्दु समुदायले हरेक बिहान आफ्नै घर घरमा समेत बिहान उठेर आफ्नो नृत्य कर्म सकेर सुर्यलाई अर्घ दिन्छन् । तर छैट पर्वमा चाहि सुर्यलाई अर्घ दिन घर नजिकैको ताल तलैयाहरुमा जानै पर्छ ।

 

खोला, नदि वा तालमा रहेको पानीमाथी उभीएर एकाग्र भएर आफ्नो मनोकामपना पुरा होस भन्ने कामना सहित सुर्यलाई अर्घ दिइन्छ ।

 

यसरी नदिको पानीमा आफ्ना खुट्टा डुबाएर अर्घ दिइनुको अर्थ जमिन र आकास एकै हो र यसमा हामी बानी बिना रहन सक्दैनौ भन्ने सन्देश समेत दिनु रहेको दमककी विना शाह बताउनु हुन्छ ।

 

‘सुर्यको ज्योती सिङ्गो संसारको ज्योती हो । त्यसलाई हेर्न हामी खुल्ला आकास मुनी जललाई समेत साक्षी राखेर खोलामै गएर सुर्यलाई अर्घ दिईएको हो । ’ दमक नगरपालिकाकी कार्यपालिका सदस्य समेत रहनु भएकी शाहले बताउनु भयो ।

 

शाहसँग छैट पर्वको बारेमा गरिएको कुराकानीको भिडियोको लिङ तल राखीएको छ ।

 

 

Share:

Facebook
Twitter
Email
WhatsApp