दमकमा किन विभाजन भएर छैट पुजा गरिन्छ ?

दमक/
झापाको दमकमा यो पटक पनि तीन ठाउँमा छैट पर्व मनाउने घाट निर्माण गरियो । दमकको रतुवा नदिको पश्चिम किनारमा पूर्व फर्काएर बनाइएका पुजा गर्ने स्थलहरु तीन ठाउँमा छरिएरका थीए ।

रतुवा पुल देखी दक्षिण तर्फ निजी स्तरमा केहि व्यक्तिहरुले पुजा स्थल निर्माण गरेका थीए भने त्यसकोे ठीक पुल उत्तर तर्फ अर्को पुजा गर्ने स्थल बनाइएको छ ।

यसलाई चाहि दमकमा रहेको मैथीली सेवा समाजले व्यवस्थापन गरेको थियो । रेडक्रसको ठीक पूर्वपट्टि बनाइएका स्टलहरुमा दमक नगरपालिकाले लगानी गर्देर सिडि पनि बनाइदिएको थियो ।

यसपछि अर्को स्टल चाहि सिर्पाली चोक पूर्व नमुना बस्तिको छेउमा पनि राखीएको थियो ।

यो वर्ष मात्रै नभएर बिगत देखीनै दमकमा यसरी तीन ठाउँमा छरिएर छैट पुजा गर्दै आइएको छ ।
यसले दमकमा छैट पुजा गर्ने समुदायमानै बेमेल छ कि भन्ने देखाएको छ ।

रेडक्रस पूर्व मैथेली सेवा समाज, सिर्पाली चोक पूर्व छैट पुजा समिती दमक र रतुवा पुल दक्षिण तर्फ निजी स्तरका केहि स्टलहरु निर्माण भएका हुन ।

दमक नगरपालिका कार्यपालिका सदस्य बिना शाहको पहलमा यो पटक रेडक्रस पूर्वपट्टिको छैट पुजा निर्माण स्थलमा ५ वटा सिडि बनाउने काम सम्पन्न भयो ।

‘आगामी वर्ष चाहि यसरी छरिएर गरिने पुजालाई एकै ठाउँमा ल्याउन पहल गर्ने छु ।’ शाहले उज्यालो खवरसँग संक्षीप्त कुरा गर्दै भन्नु भयो ‘ छैट पुजाको व्यवस्थापन तथा स्वामित्व दमक नगरपालिकाले लिन पर्छ, नगरले निश्चित ठाउँ तोकेर त्यहाँ मात्रै छैट पुजा गर्न पाइने भनेर निर्देशिका बनाउन पर्छ अनी मात्रै बिभाजीत समुदाय पनि एककिृत हुन्छ । म यहि काम गराउने कार्यपालिकामा एजेण्डा बनाएर प्रस्तुत गर्ने छु। ’

Share:

Facebook
Twitter
Email
WhatsApp