‘सरकारकै कारण एम्बुलेन्स चालकले मनोमानी सञ्चालन गर्छन’

दमक/

२१ वर्ष देखी एम्बुलेन्स चालकको काम गरिरहनु भएका टंक ढकाल भन्नु हुन्छ ‘ सरकारकै कारण एम्बुलेन्स चालकले मनोमानी ढङ्गले चलाईरहेको बताउनु भएको छ ।

 

उज्यालो खवरको कार्यालयमै आएर कुरा गर्दै ढकाल भन्नु हुन्छ ‘हामीले कहाँ कमजोरी गर्यो न सरकारले हेर्छ, न हामीलाई कुनै नियमननै गर्छ, अनी चालकले त पैसा कमाई हुने बाटो अपनाउने भइहाले नी ।’

 

सरकारले एम्बुलेन्सलाई क, ख र ग वर्गमा बिभाजन गरेको छ । झापामा ग वर्गका एम्बुलेन्सहरुलाई ख बर्गमा स्तर उन्नत्ती गर्न भनेर भन्यो त्यहि अनुसार कतिपय भएका पनि छन् । तर नभएका र भएकाहरुले पाउने सुविधामा के फरक छ त भन्ने कुरामा सरकार बेखवर जस्तै भएको उहाँले उल्लेख गर्नु भयो ।

 

एम्बुलेन्स मानविय सेवा गर्न भनेर कर छुट गरि ल्याइएको साधन हो , यसले कती भाडा लिएर चलाएको छ , मापदण्ड अनुसारको श्रोत साधन जडान गरेको छ छैन ? बाटैमा बिरामीलाई अप्ठ्यारो परिस्थिती आउँदा कसरी सहायता गरेको छ ? यस्ता कुरा सरकारले अनुगमन गरेर बुझ्नु पर्ने भएपनि अहिले त्यसो नभएको ढकालले उल्लेख गर्नु भयो ।

 

ढकालसँग गरिएको कुराकानीको भिडियो यहाँ राखीएको छ ।

भिडियोमा हेरौं

 

Share: