पूर्वराजा शाहको झापा सवारी राजनैतिक नभएपनि १० हजार यूवाले बाईक स्कटिङ गर्ने

दमक/

मंसिर ७ गते ‘राजा आउ देश बचाउ’ भन्ने नारा लगाउन लाखौ सर्वसाधरणलाई भेला पार्न दुर्गा प्रसाईले काठमाडौमा तयारी गरिरहनु भएको छ । तर राजा भने त्यसको भोलीपल्ट झापा आउदै हुनुहुन्छ ।

 

 

प्रसाईले आयोजना गरेको कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहको उपस्थित होला नहोला त्यो त्यहि दिन मात्रै थाह होला तर उहाँको झापा आउने कार्यक्रम भने निश्चिन्त भएको छ ।

 

 

इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको निमन्त्रणामा पृथ्वीनारायण शाहको पूणर्कदको सालिक अनावरण गर्न उहाँ आउन लाग्नु भएको हो ।

 

 

कलेजले राष्ट्रिय प्रजातन्त्र पार्टिसँग समन्वय गरेर पूर्व राजा शाहलाई प्रमुख अतिथी बनाएकोले कार्यक्रममा सहभागीता जुटाउन पार्टिको सबै तह र संगठनहरु लागी परेको राष्ट्रिय प्रजातान्त्रीक यूवा सघं कोशी प्रदेशका अध्यक्ष राजकुमार योङ्गयाले बताउनु भयो ।

 

 

उज्यालो खवरको कार्यालयमा आएरै योङ्गयाले भन्नु भयो ‘अहिले हामी राजतन्त्रका पक्षधार मात्रै नभएर आम जनतामा वर्तमान व्यवस्थामाथी वितृष्णा छ । स्वस्फूर्त रुपमा कार्यक्रममा सहभागी हुन्छौ भनेर नाम समेत टिपाईरहनु भएको छ । यसले हामीमा समेत हौसाला थपेको छ । ’

 

 

योङ्गयाले मंसिर ९ गतेको कार्यक्रमकालागि ८ गते नै पूर्वराजा शाह धुलाबारीको होटलमा आएर बस्नु हुने र त्यहाँबाट कार्यक्रम स्थल सम्म १० हजार बढि मोटरसाईकलले स्कटिङ गर्ने तयारी गरिएको पनि जानकारी दिनु भयो ।

भिडियोमा हेरौं। 

 

 

 

योङ्गयासँग गरिएको संवादको भिडियो हेर्न तल क्लिक गरौ ।

Share: