उमनाथ भण्डारी
झापा/
झापाको कमल गाउँपालिका ३ केर्खामा मुख्य कार्यलय रहेको रतुवामाई वृक्षारोपण आयोजना र सर्लाही रहेको सागरनाथ वन विकास परियोजनाका कर्मचारीले एक वर्ष देखी तलब पाएका छैनन् ।
आयोजना बाट उत्पादित काठ बिक्री गर्दा प्रयोग गरिदै आएको इकाई मापन क्वार्टर गर्थ फर्मुला नेपाल सरकारले गत आर्थिक वर्ष २०७९÷०८० देखी परिवर्तन गरी हुपस फर्मुला लागु गरेपछी काठ बिक्री हुन छाड्यो र त्यसैका कारण यहाँ कार्यतर कर्मचारीले तलव नपाएको बताइएको छ ।
क्वार्टर गर्थ फर्मुला बाट मापन गरिएको भन्दा हुपस फर्मुला बाट मापन गर्दा काठको मापनमा २७ प्रतिशत काठ बढी हुने र आयोजना बाट बिक्री गरिएको काठ बढी मूल्य तिरेर ठेकदारले खरिद गर्न छोडेपछि आयोजनाहरुले तलव समेत दिन सकेका छैनन ।
यसरी आफुहरुले एक वर्ष भन्दा बढी समयको तलब खान नपाएको रतुवामाई बृक्षारोपण आयोजनाका निमित्त प्रमुख भक्ति प्रसाद गौतम बताउनु भयो ।
गत एक वर्ष देखी आयोजनाले कटान गरेर राखेको सखुवा एक हजार पाँच सय कि.वी., मसला चार हजार कि.वी. र अन्य एक हजार कि.वी. गरी जम्मा ६ हजार ५ सय कि.वी. काठ आयोजनामै सडिने अवस्थामा पुगेको छ ।
कटान गरी बिक्री हुन बाँकी काठको मूल्य एक करोड रुपैयाँ भन्दा बढी रहेको छ ।
काठ उत्पादन गर्ने र बिक्री गरी सरकारलाई राजस्व वापत निश्चित रकम भुक्तानी गरी बाँकी रकमले कर्मचारीको तलब भत्ता र कार्यालय सञ्चालन गर्दै आएको आयोजनाले सरकारको काठको मापन गर्ने फर्मुला परिवर्तन गर्ने निर्णयपछि काठ बिक्री हुन छाडेको समस्या उत्पन्न भएको हो । जसका कारण रतुवामाई बृक्षारोपण आयोजनामा कार्यरत १७ जना कर्मचारी र ३० जना चौकिदारले गत वर्षको कात्तिक महिना देखी तलब लगायतको सेवा सुविधा पाएका छैनन् ।
२०३५ सालमा स्थापना भएको रतुवा माई वृक्षा रोपन आयोजना पश्चिममा रतुवा नदी पुर्वमा मा कन्काईमाई उत्तरमा इलामको चुलाचुली गाउँपालिका र दक्षिणमा कमल गाउँपालिका र शिवसतासी नगरपालिका संग सिमाना जोडिएको छ । आयोजनाको कुल क्षेत्रफल २ हजार ७ सय ५३ हेक्टर रहेको छ ।