Search
Close this search box.

बिराटनगर/
मोरङको पथरीशनिश्चरे ३ का वडा अध्यक्ष बिजय लिम्बुले कार्यलय प्रयोजनको सरकारी मोटरसाइकल दुरुपयोग गरिरहेका छ्न । उनले सो मोटरसाइकल पेट्रोलियम पदार्थ ओसार प्रसार गर्न प्रयोग गर्ने गरेका छ्न । नगरपालिकाले कार्यालय प्रयोजनका लागी भनेर दिएको मोटरसाइकल ब्यापारिक प्रयोजनका लागी डिजल ओसार्न प्रयोग गर्ने गरेका छन ।

को १ ब १६५४ नम्बरको मोटरसाइकल दैनिक डिजल ओसारपसार गर्न प्रयोग गरिरहेको पाइएको छ । वडा अध्यक्ष निर्वाचित भएको केहि समय देखि नै वडा अध्यक्षले उर्लाबारीबाट डिजेल त्यहि मोटरसाइकलमा ल्याउनु हुन्थ्यो अहिले पनि सो कार्यलाई निरन्तरता दिनु भएको छञ नाम नबताउने शर्तमा एक वडाबासिले भने ।

उनका अनुसार वडा अध्यक्ष ट्याक्टर ब्याबसायि रहेको र आफ्नो निजि ब्यापारिक प्रयोजनका लागी डिजल ल्याउने गरेका छ्न । पटक पटक सचेत गराउदा समेत वडा अध्यक्षले अटेर गरेको उल्टै अब डिजल बोक्न अर्को मोटरसाइकल किन्नु त भन्ने जवाफ दिने गरेको उनको भनाई छ ।

मोटरसाइकल दुरुपयोग बारे नगरपालिका श्रोतले भने जुन उदेश्यका लागी प्रयोग गर्नु पर्ने त्यस बाहेक अन्य प्रयोजनका लागी सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग हुदैन ।
वडा अध्यक्षले प्रयोग गरेको सो मोटरसाइकलमा वडा अध्यक्षले डिजल भरिरहेको र डिजल बोकेर ट्याक्टर जोतिरहेकै स्थानमा ढुवानी गरेको फोटो समेत प्राप्त भएको छ । वडा बासिको कार्य सम्पादनका लागी नगरपालिकाले वडा अध्यक्षहरुलाई सबारी साधनको सुबिधाका साथै मासिक इन्धन खर्च र मर्मत खर्च समेत उपलब्ध गराउदै आएको छ ।

आफ्नो ब्यापारिक प्रयोजनका लागी सरकारी श्रोतको दुरुपयोग गरिरहेका जनप्रतिनिधीको अनुगमन गर्न नियमक निकाय भने मौन रहेको छ । केहि दिन अघि वडा बाटै बजेट नै छुट्याएर वडा अध्यक्ष सहितको जनप्रतिनिधि र कर्मचारीको जम्बो टोली नेपालको इलाम र भारतको दार्जिलिङको भ्रमणमा गएका थिए ।
यसबारेमा वडाध्यक्ष लिम्बुसँग प्रतिकृया लिन खोज्दा नगरपालिकाको वेव साईटमा राखीएको उनको मोवाईल नम्बर स्विच अफ गरिएको थियो ।
उनीसँगको प्रतिकृयाको अर्को समाचार समेत प्रकाशन गर्ने छौ ।

Share:

Facebook
Twitter
Email
WhatsApp