दमकमा पञ्चेवाजा सहितको प्रभातफेरी (तस्विरहरु)

दमक/
दमकमा आज बिहानै पञ्चेवाजा बजाउँदै प्रभात फेरीको आयोजना गरियो । यो प्रभातफेरीमा अधिकांश महिलाहरुको उपस्थिती रहेको थियो ।
प्रभातफेरी आयोजनाको सन्दर्भ थियो लैङ्गीक हिंषा विरुद्धको १६ दिने अभियान । यसलाई दमकमा रहेका बिभिन्न सबै सघं सस्थाको ऐकवद्धाको रुपमा मनाउन सुरु गरियो ।

आज देखी १६ दिन सम्म चल्ने यो अभियानमा दमकका बिभिन्न ठाउँमा हरेक दिन फरक फरक कार्यक्रम हुने छन् । विभिन्न सघं सस्थाले लैङ्गीक हिंषा विरुद्धमा सचेतनामुलक कार्यक्रम गर्ने छन् ।

यही कार्यक्रमको समुद्धघाटन दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले विधिवतरुपमा गर्नु भयो ।
दमकका यस प्रकारको कार्यक्रमले लैङ्गीक हिंशा विरुद्ध सबैको ऐकवद्धता रहेको उप प्रमुख भट्टराईले भन्नु भयो ।
दमकस्थित गणतन्त्र चोकबाट सुरु भएको प्रभातफेरी दमक नगरपालिकाको कार्यालयमा पुगेर समापन गरिएको थियो ।

कार्यक्रममा दमक नगरपालिका प्रमुख राम कुमार थापा, उपप्रमुख भट्टराई, इलाका प्रशासन कार्यालय कार्यालय दमकका प्रमुख महेश्वर तिम्सिना, इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामा, नगरपालिकास्थित १० वटै वडाका जनप्रतिनिधिहरु , दमक नगरपालिका महिला स्वास्थ्य स्वयम सेबिका , लिड नेपाल दमक, दमक ज्येष्ठ अभिभावक सेवा समाज दमक, दमक अपाङ्ग समाज दमक, तेक्वान्दो संघ दमक, आम्दा अस्पताल दमक, भुटानी शरणार्थी महिला समुह दमक, असहाय मानव सेवा समाज लगायतका बिभिन्न सस्थाहरुका प्रतिनिधिहरु समेत करिब २५० जनाको सहभागितामा रहेको थियो ।

Share: