दमक/
झापाको दमक नगरपालिकाका प्रमुख राम कुमार थापा विरुद्ध पत्रकारहरुले सडक आन्दोलननै गर्ने चेतावनी दिएका छन् ।
मेयर थापाले पटक पटक अपमानजनक शैली र समाचार संकलनमा बाधा पुर्याउँने हर्कत गरेको भन्दै प्रेस चौतारी नेपाल माई पश्चिम क्षेत्रीय कमिटी झापाले प्रेस बिज्ञप्तीनै प्रकाशन गरेको छ ।
अध्यक्ष भूमिराज पराजुलीद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा भनिएको छ ‘ नगर प्रमुखले पटक पटक पत्रकारहरुलाई भिडियो नखिच्न भन्दै अपमानजनक शैली र समाचार संकलनमा बाधा पुर्याउँने हर्कत गर्दै आएको पनि जानकारी गराउँन चाहान्छौं । यस्ता कार्यले नागरिकहरु सूचना पाउँनबाट बञ्चित भएका छन् । ’
हिजो मात्रै दमक ७ को लेखनाथ चोकबाट उत्तर हनुमान मन्दिरसम्मको अलपत्र सडकको बिषयमा व्यवसायीहरुले दमक नगरपालिकाका प्रमुख राम कुमार थापालाई ज्ञापन पत्र बुझाएर नगर प्रमुखले व्यवसायीहरुलाई आफ्नो धारणा राख्दै गर्दा सो बिषयको समाचार संकलनका लागि नगरपालिकाको कार्यालय पुगेका हिमशिखर टेलिभिजनका संबाददाता सुजन गौतमलाई नगर प्रमुखले भिडियो नखिच्न भन्दै क्यामरा बन्द गर्न लगाएर अपमानजनक व्यबहार गरेको प्रति प्रेस चौतारी नेपाल (माईपश्चिम) झापाको गम्भिर ध्यानाकर्षण भएको बिज्ञप्तीमा जनाइएको छ ।
चौतारीलेनेपालको संविधानको भाग ३, स्वतन्त्रताको हक अन्तर्गत, २ (क) ले सुनिश्चित गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको पनि नगर प्रमुख ज्यूले हेक्का राख्न नसक्नु अनि संविधानको धारा २७ मा उल्लेख गरिएको सूचनाको हकका बिषय प्रति समेत नगर प्रमुखले बेवास्था गर्नुले नगर प्रमुखको प्रेस प्रतिको धारणा संकुचित रहेको बुझ्न कठिन नभएको पनि ठहर गरेको छ ।
‘दमक नगरपालिकाको प्रमुख जस्तो गरिमायमय पदमा आसिन भएका ब्याक्तीबाट यस्तो ब्यबहार हुनु खेदजनक र निन्दनीय छ । त्यसैले यस्ता गतिबिधी सुधार गर्न र प्रेस स्वतन्त्रतालाई पूणर् कार्यान्वयन गराउँन हामी आग्रह गर्दछौं । अन्यथा हामी प्रेस स्वतन्त्रताको रक्षाका लागि सडकमा उत्रन बाध्य हुनेछौं । ’ बिज्ञप्तीमा भनिएको छ ।