मेयर अध्यक्ष भएको अस्पतालमै मिती भएकै ‘स्लाईन पानी’ फ्याकीयो, ‘मेयरको दोहोरो जिम्मेवारीले काम गर्न अप्ठ्यारो’

दमक/
झापाको दमकमा रहेको सरकारी अस्पताल दमक अस्पतालको शौचालयको कुनामा कार्टुनमा प्याक गरिएका स्लाईन पानी फाकीए अवस्थामा भेटिएको छ ।

 

बेला बेला स्लाईन सकियो बाहिरबाट किनेर ल्याउनुस भनेर बिरामीलाई पठाउने अस्पताल अस्पतालभित्रै रहेका स्लाईन पानीका कार्टुन कार्टुन शौचालय परिसरमा फाकाएको अवस्थामा भेटिएको हो ।

 

उज्यालो खवरको टोलि बुधबार अस्पताल परिसरको पुरानो ओपीडी क्षेत्रमा पुग्दा त्यहाँ रहेका शौचालयको कुनामा नखोलीएको कार्टनमा स्लाईनका बोटलहरु फेला परेका थीए ।

 

सोडीयम क्लोराड इन्जेक्शेन आइपी ०.९ प्रतिशतत लेखीएको सलाईनको बोटलहरु त्यहाँ भेटिएका छन् ।

 

सन् २०२१ अप्रील महिना यसको उत्पादन मिती लेखीएको छ भने सन् २०२४ को मार्च महिना सम्म यसको प्रयोग गर्न मिल्ने भनेर कम्पनीले बोटलमा प्रन्टिनै छापेको छ ।

 

यसरी प्रयोग गर्ने म्याद हुँदा हुदै पनि स्लाइन पानी जस्तो अति आवश्यकीय पदार्थ फ्याकीनु अस्पतालको व्यवस्थापन पक्षमा प्रश्न चिन्ह उठेको छ ।

 

यो अस्पतालले वर्षको १२ देखी १५ हजार बोटल स्लाईन पानीको प्रयोग गर्ने गरेको यसको जिन्सी शाखाले जानकारी दिएको छ । ठेक्का प्राणली मार्फत ४० रुपैँया देखी ४५ रुपैँया सम्ममा यहाँ स्लाईन पानी खरिद गर्ने गरिएको छ । यसरी वर्षको ६ लाख ७५ हजार सम्मको स्लाईन पानी अस्पतालले खरिद गर्दै आएको छ ।

 

स्मरण रहोस यो अस्पताल दमक नगरपालिकाको माहतहतमा रहेको अस्पताल हो । यसको व्यवस्थापन समितीको अध्यक्ष नगरका प्रमुख राम कुमार थापा हुनुहुन्छ ।

समितीका सदस्यहरुसँग यसबारेमा बुझ्दा समितीमा भएकाहरुलाई जिम्मेवारी बाडफाड नगरिएको र मेयरले मात्रै सबै अधिकार लिएर बसेकोले यस्ता घटना हुन पुगेका हुन ।

 

नाम नखुलाउने सर्तमा एक सदस्यले भन्नु भयो ‘अहिले सम्म हामीलाई कुनै जिम्मेवारी दिइएको छैन । अनुगमन र निरिक्षण गर्न पनि के आधार र अधिकारका साथ जानु, बोलाइएको बैठकमा कोरम पुर्याउन जान बाहेक अन्य केहि भूमिका दिइएको छैन । ’ उहाँले नियमीत बैठक समेत नबसेको उल्लेख गर्नु भयो ।

 

नगरको मेयर जत्तीको मान्छे अस्पताल व्यवस्थापन समितीको समेत अध्यक्ष हुदा समस्या भएको पनि उहाँको भनँई छ । मेयर थापाको अधिकांस समय नगरमै बित्ने, नगरकै काममा व्यस्त रहने कारणले पनि अस्पतालको व्यवस्थापन पक्ष फितलो भएको ती सदस्यले दावी गर्नु भएको छ । उहाँले जिम्मेवारी बाडफाड गरेर काम गराउने हो भने अस्पताल थप प्रभावकारी रुपमा सञ्चालन हुन सक्ने तर्क उहाँको छ ।

 

Share: